५१ औं दिनपछि मन्त्रिपरिषद बिस्तारको तयारीमा देउवा

आज ४ बजे सफथ खुवाउने आन्तरिक तयारी

Deuba34

काठमाडौं । आफु प्रधानमन्त्री बनेको ५१ दिनपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तारको तयारीमा लागेका छन् ।

पार्टीभित्रको आन्तरिक खिचातानीका कारण देउवाले लामो समयसम्म मन्त्रिपरिषद बिस्तार गर्न सकेका थिएनन् । तर, चौतर्फी विरोधपछि बल्ल उनी मन्त्रिपरिषदको बिस्तारको तयारीमा लागेका हुन् ।

मन्त्रिपरिषद विस्तार गर्न नसक्दा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग पनि देउवाको सम्बन्ध बिग्रन थालेको थियो । माओवादीसँगको सम्बन्ध बिग्रिए पद नै धराममा पर्ने देखेपछि देउवाले आज मंगलबार मन्त्रिपरिषद बिस्तार गर्ने मोडमा पुगेका हुन् ।

मंगलबार मन्त्रिपरषिदको बिस्तार हुने कुराको जानकारी सोमबार नै माओवादी अध्यक्ष पुष्पकमदल दाहाललाई जानकारी गराइसकेका छन् ।

आज मन्त्रिपरिषद बिस्तारको अन्तिम तयारी भइरहे पनि कांग्रेसले अझैंसम्म पनि मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । तर, देउवा निकटका व्यक्तिलाई भने आज ४ बजे सफल हुनसक्ने जानकारी गराइएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्माले आज मन्त्रिपरिषदको बिस्तार गर्ने कुरा प्रधानमन्त्रलिे सोमबार नै केन्द्रिय समितिको बैठकमा जानकारी गराएको बताए । उनका अनुसार आजै ४ बजेसम्म मन्त्रिपरिषद बिस्तार भई सफथ ग्रहण कार्यक्रम राखिने छ ।

कोको बन्दैछन् मन्त्री ?
कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका छन् ।
आन्तरिक कलहमा फसेको भए पनि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षबाट एक/एक जना मन्त्री बन्ने लगभग पक्कापक्की भइसकेको छ ।

जसमध्ये पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्त लगायतको नाम चर्चामा छ भने सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेत मन्त्री निश्चित भएको छ । प्रधानमन्त्री देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशी मन्त्री बन्ने तयारीमा छन् ।

माओवादीबाट आजै गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपाली मन्त्री बन्दैछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...