डा. भट्टराई भन्छन्, खै किन उहाँहरुले कुरा बुझ्नु भएन

Dr baburam vattarai

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालसँग एकता गर्न लामो समयसम्म कसरत गरेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफुले चाहेर पनि एकता हुन नसकेकोमा दुःख मनाउ गरेका छन् ।

उनले आफ्नो कारणले भन्दा पनि संघीय समाजवादी फोरम कै कारण त्काल एकता टरेको भन्दै सचिवालयको बैठकसामु नचाहदा नचाहदै एकता प्रक्रिया तत्काललाई टरेको स्पष्टिकरण दिए ।

सोमबार बिहान ११ बजेदेखि सुरु भएको सचिवालयको बैटक साँझ ५ बजेसम्म चलेको थियो । सचिवालयको बैठकमा सदस्यहरुले एकता प्रक्रिया अवरुद्ध हुनका कारण पेश गर्न संयोजक डा. भट्टराईलाई दवाद दिएका थिए ।

‘मैले नै उहाँसँग समयको माग अनुसार एकताको पहल गरेको हुँ, तर, परिस्थितीवस एकता प्रक्रिया टरेको छ’ भट्टराईको जवाफ थियो, ‘लामो समयसम्म एकताको पहल गर्दा यसरी एकता नै भाडिएला भन्ने मैले पनि सोचेको थिइनँ, तर त्यस्तै भयो ।’

‘मैले पार्टी एकता गर्न खोजेको होइन, हिमाल, पहाड र तराईलाई जोड्न खोजेको थिए’ उनले भने, ‘तर उहाँहरुको संकीर्ण विचारले गर्दा मधेश र पहाडलाई जोड्न सकिएन । तयसमा मलाई धेरै दुःख लागेको छ ।’

एकीकृत पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, विधान लगायतको विषयमा टुंगो लगाए पनि अध्यक्ष तथा संयोजकको कार्यविभाजनमा कुरा नमिलेपछि एकीकरण प्रकृया भाँडिएको बताइएको थियो ।

सोमबारको बैठकमा बोल्ने अधिकांस नेताहरुले एकता प्रक्रिया बारे चासो राखेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार अरु दिन भन्दा निकै नम्र तरिकाले प्रस्तुत भएका भट्टराईले विगतको समीक्षा गरेर पार्टीलाई नयाँ गतिले अगाडी बढाउनुपर्ने बताएका थिए ।

बैठक मंगलबार पुन बिहान ११ बजे बस्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...