चुनावमा पैसाको खोलो बगाउने राप्रपाले घर भाडा तिरेन

घरबेटीले लगाए पार्टी कार्यालयमा लगाए ताला

Rpp flag

पोखरा । भनिन्छ राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको धनी वर्गको पार्टी हो । राजावादी पार्टी भएकाले यसलाई पैसाको कुनै खाँचो हुँदैन भनिन्छ । तर, लम्जुङमा भने पार्टी कार्यालयको भाडा तिर्न नसकेर सबैका सामु बेइज्जत मात्रै भएको छैन, घरबेटीले तालासमेत लगाई दिएका छन् ।

चुनावका बेला जति पनि पैसा खर्च गर्न सक्ने राप्रपाले आफ्नै पार्टी कार्यालयको भाडा तिर्न सकेन भन्दा ‘...लाई भन्दा सुन्नेलाई लाज’ भने जस्तै भएको छ । त्यसमा पनि घरभाडा नतिरेपछि पार्टी कार्यालयमा ताला लाग्दा किन मौन बसेका केन्द्रिय समितिका नेतृत्वहरु भनेर जिल्लामा चर्चा पनि चल्न थालेको छ ।

जिल्लामा अन्य पार्टीहरुले अहिलेसम्म यस्तो तमासा देखाएका छैनन् । तर, राप्रपाले भने ३ वर्ष भन्दा बढीको भाडा नतिरेर बेइज्जत गरेका छ । पार्टी कार्यालय बसेको घरबेटी बालकृष्ण वाग्लेले तीन वर्ष अघिदेखि भाडा नदिइएको भन्दै सोमबार कार्यालयमा ताला लगाएका छन् । उनले पत्रकार सम्मेलन गरी ताला लगाएको सार्वजनिक गरेका छन् ।

बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपाले ८ वर्षदेखि कार्यालय राख्दै आएको छ । तर, राप्रपाले २०७१ देखि भाडा नतिरेको वाग्लेले बताए ।

उनका अनुसार राप्रपाले घरभाडा बापतको १ लाख ५९ हजार तिर्न बाँकी छ । वाग्लेका अनुसार राप्रपासँग २०७१ को ३० हजार, २०७२ को ५४ हजार, २०७३ को ६० हजार र २०७४ को वैशाखदेखि असार मसान्तसम्मको १५ हजार भाडा लिन बाँकी छ ।

यता, राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्लले राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेकाले तिर्न समस्या भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...