ज्यान गएको २२ महिनापछि क्षतिपूर्ति

Sambhu famely

रामेछाप । रामेछापको साविक गेलु–७ का शम्भु बुढाथोकीको निधन भएको २२ महिना ९ दिनपछि परिवारले क्षतिपूर्ति पाएको छ ।

वैदेशिक रोजगारीका लागि २०७० साउनमा कुवेत गएका शम्भु सात महिनामै पक्षघातका कारण थलिएका थियो । एक वर्षसम्म विदेशमै उपचार गरेपछि शम्भुलाई नेपाल ल्याइएको थियो । नेपालमा पनि उपचार गराउँदा पनि उनको अवस्था सुधार भएको थिएन् ।

उनको परिवारलाई मन्थलीमा रहेको सूचना केन्द्रले बीमा बापतको रकम दिलाउन सहयोग गरेको थियो । उनको परिवारले वैदेशिक प्रवद्र्धन बोर्डबाट भने ७५ हजार क्षतिपूर्ति पाएको थियो ।

बीमा कम्पनीले मन्थलीमा रहेको उपशाखाबाट रकम लिनु भनेपनि पोलेसीमा नसमेदिएको भन्दै दिन मानेको थिएन । शम्भुको उपचारकै क्रममा गएको २०७२ भदौ ५ गते ज्यान गएको थियो ।

बीमा रकम नपाई शम्भुको ज्यान गएपछि त्यसपछि भने बीमा कम्पनीले कुनै कागजातको नमागी पहिलेकै कागजातका आधारमा क्षतिपूर्ति दिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...