ज्ञान निकेतन र एचएचसीएको जित

काठमाडौं । ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ ज्ञान निकेतन र हिमालयन ह्याप्पी चिल्ड्रेन (एचएचसीए) जित हात पारेका छन् ।

आइतबार भएको खेलमा ज्ञान निकेतनले स्किब्सलाई ६२–३८ ले पराजित ग¥यो । विजयी टिमका लागि मनीष तामाङले १८ अंक जोडे । डिफेन्डिङ च्याम्पियन (एचएचसीए) ले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई ४४–३४ ले हरायो । (एचएचसीए)को जितमा प्रवीण राई ले १४ अंक योगदान गरे ।

ब्वाइजकै अन्य लिग खेलमा बुद्ध एकेडेमीले काठमाडौं जेभियरलाई ४६–१८, विल्सन एकेडेमीले युनिभर्सललाई ५०–२२ तथा डाफोडिलले माउन्ट कैलाशलाई ३८–३७ ले पन्छाए । बुद्धका संगम तामाङले १३, विल्सनका पेम्बा शेर्पाले २१ र डाफोडिलका कुशल शाक्यले १७ स्कोर गरे ।

गल्र्समा स्किब्स र डाफोडिलले सफलता हात पारे । देबुना केसीको ९ अंक सहयोगमा स्किब्सले बाल सिर्जनालयलाई २२–१७ ले पराजित ग¥यो । डाफोडिलले युनिर्भिसलमाथि २४–२३ को कठिन जित दर्ता ग¥यो । डाफोडिलकी छिमी तामाङले १४ अंक जोडिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...