प्रचण्ड गुहार्ने बाबुराम, बाबुराम गुहार्ने उपेन्द्र

Baburam upendra

काठमाडौं । एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्द र मोहन वैद्यलाई पार्टी एकता गर्न अपिल गरिरहेका बेला डा. बाबुराम भट्टराई भने पार्टी एकताका लागि उपेन्द्र यादवलाई हारगुहार गरिरहेका छन् ।

प्रचण्डले एकताका लागि आग्रह गरे पनि डा. बाबुराम भट्टराई भने आफुले नेतृत्व गरेको नयाँ शक्ति नेपाललाई उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमसँग एकता गर्न तम्सिएका छन् । तर, पछिल्ला केही दिनमा उपेन्द्रले नाम र पदीय हैसियतमा कुरा नमिल्दा भट्टराईलाई वेवास्था गर्न थालेका छन् ।

डा. भट्टराई जसरी पनि फोरमसँग एकता गर्ने पक्षमा छन् । तर, नयाँ शक्तिका अन्य नेताहरु भने फोरमसँग भन्दा पनि अन्य साना पार्टीसँग एकता गर्ने पक्षमा छन् ।

सिद्धान्तभन्दा पनि जुँगाको लडाइँले विभाजन भएका माओवादीको एकता अनिवार्य भएको सबै नेताहरुको बुझाई छ । तर, एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा पार्टी एकताको कुरा त के, नजिक हुनसमेत अन्कनाउने गरेको पाइन्छ ।

बेलाबखत माओवादीले आफुँबाट फुटेर गएकाहरुलाई पुनः पार्टीका एकता गरेर आउन आग्रह गर्दै आएका छन् । आइतबार पेरिसडाडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहिदको सपना साकार पार्न पनि विप्लव, वैद्य र भट्टराईको पार्टीसँग एकता गर्न जरुरी रहेको बताए ।

प्रचण्डले त्यसरी एकताका लागि आग्रह गरे पनि औपचारिक रुपमा एकताका लागि पहल गरेको पाइएको छैन । देखाउनैका लागि मात्रै एकताको कुरा उठ्ने गरेका बाम विष्लेषकहरुको भनाई छ ।

होला त एकता ?
२०५१ सालमा तत्कालीन माओवादीले सशस्त्र युद्धको थालनी गर्दा माओवादीमा सीमित नेता थिए । तर, विभिन्न चरणमा एकता गर्दै माओवादी ठूलो पार्टी बनेको थियो । समयसमयमा विभिन्न प्रभावशाली नेताहरु पनि माओवादीमा प्रवेश गरेका थिए । त्यसमा पनि शान्ति प्रक्रियामा आएपछि माओवादीले तत्कालीन एकता केन्द्र मसालसँग पनि एकता गरेको थियो ।

सशस्त्र संघर्षको मैदानबाट तातिएर आएको माओवादीले पहिलो संविधानसभाको निर्वाचनमा आफुलाई देशकै सबैभन्दा ठूलो शक्तिको रुपमा उदाएको थियो । तर, त्यसको साख जोगाउन निक्कै हम्मे प¥यो । ठूलो शक्ति भएकै बेला चिराचिरा बन्यो माओवादी ।

आडम्बर र खोक्रो सिद्धान्त प्रतिपादन गरेर चिराचिरा भएका माओवादीहरुको एकताको कुरा बेलाबेला चल्ने गरेको छ । एकाथरी माओवादी नेताहरुमा देखिएको विलासिता र पदीय अवसर अवसरलाई गुमाउने पक्षमा छैनन् भने एउटा धारले क्रानित नै पहिलो दिशा हो भन्दै आएको छ । अर्काे एउटा माओवादी भने दोबाटोमा पुगेर रोकिएको छ । यस्तो अवस्थामा माओवादीहरु बीच नै एकताको सम्भावना कम छ ।
यद्यपि माओवादीहरु बीचको एकता सबैले महसुस गरे पनि माओवादीहरु बीच एकताको टरेको छ । त्यही भएर डा. बाबुराम भट्टराई उपेन्द्र यादव पक्षधरसँग एकता गर्न लागेका छन् । माओवादीसँग एकताको सम्भावना नभएरै स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमको चुनाव चिन्ह मसाल लिएर भाग लिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...