ख्रीष्टियन महासंघले ५ बुँदे माग पुरा नभए संयुक्तराष्ट्र संघमा धर्ना दिने

Khisten

काठमाडौ । राष्ट्रिय ख्रीष्टियन महासंघले सरकार समक्ष ५ बुँदे माग राख्दै पूरा नभए संयुक्तराष्ट्र संघमा गएर धर्ना दिने चेतावनी दिएको छ ।

महासंघले आफुहरुको मागप्रति सरकार गम्भीर नभए राष्ट्रियस्तरमा शान्तिपूर्ण आन्दोलनसहित राष्ट्रसंघ र विभिन्न देशका दुतावासमा धर्ना दिने घोषणा गरेको हो । महासंघका अध्यक्ष सिवि गहतराजले आन्दोलनका कार्यक्रम केही दिनमा सार्वजनिक गरिने बताए ।

सरकारले नेपाली ख्रीष्टियनमाथि अन्याय गरेको आरोप लगाउँदै धर्म प्रचारसँग सम्बन्धत संघ संस्थाको नविकरण रोक्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय खारेज गर्न माग गरेको छ ।

महासंघले वैशाख ३ गते कार्यालय सचिव सन्तोष खड्कामाथि भएको गोली प्रहार र अजम्सन चर्चमा भएको आगजनीको छानविन गर्न माग गरेको छ । महासंघले आफुहरुमाथि भएको अत्याचारको विषयमा सरकारले छानविन नगरेको भन्दै आपत्ति जनाएको हो ।

त्यस्तै सरकारसँग भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयका लागि उच्च स्तरीय समिति बनाउन समेत महासंघले माग गरेको छ । गत जेठ ७ गते सिलोआम बाँसबारी टुपेक चर्चमा भएको घटनाको छानविन गर्न पनि माग गरिएको छ ।

महासंघले ख्रीष्टमस डे ख्रीष्टमस इभ, अप्रिलमा मनाइने गुड फ्राइडे र इष्टर सण्डेसहित ४ वटा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...