सचिवहरू छलफलमै व्यस्त

Road condition

काठमाडौं । राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीहरू छलफलमै व्यस्त भइरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समस्या समाधान हुन कठिन हुने भएको छ।

शबिारसम्म त्रिपुरेश्वर, थापाथली,माइतीघर, गौशाला–मित्रपार्क, कालिकास्थान–अनामनगर क्षेत्रका सडकमा कोल्ड मिक्सु र ग्राभेल गरी खाल्डा पुरिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आइतबार सडकका खाल्डा पुरेर व्यस्थित बनाउन निर्देशन दिएका थिए। तर प्रधानमन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरू छलफलमै व्यस्त रहेकाले तोकिएको समयमा काम पूरा हुन नसक्ने देखिएको छ।

खाल्डा पुर्ने जिम्मा खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको हो। जीर्ण सडकका समस्या समाधान गर्ने जिम्मेवारी पाएका सचिवहरू कार्यालयकै बैठकमा व्यस्त रहेकाले काममा निस्कन नपाएको बताउँछन् ।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले खाल्डा पुर्ने कार्यमा सरिक हुन नपाएको बताए। ‘कार्यालयमै बसेर निर्णयका काम गरेका छौं’ उनले भने, ‘शुक्रबार राति चाबहिल क्षेत्रको सडकको अवस्था अवलोकन गरेका थियौं।’ उनले धेरै निकायलाई जिम्मेवारी बाँडफाँट गरेकाले काम गर्न कठिन भइरहेको बताए।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना निर्देशक तिरेश खत्रीले कार्यालयको कामले गर्दा अनुगमनमा निस्कनै नपाएको बताए । उनले भने, ‘सकेसम्म निरीक्षणमा निस्कने गरेको छु, कार्यालयको कामले नभ्याउँदा अन्य निकायका सचिवसँग सहकार्य गरेर काम भएको छ।’

सडकछेउका खाल्डा पुर्नका लागि जनशक्ति र सामग्री अभाव देखिएको प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले बताए। बर्खाको समय र गिटी, ढुंगा, बालुवाजस्ता सामग्री जुटाउन गाह्रो भएको उनको भनाइ छ।

‘निर्माण सामग्री अभावले कामको गति सुस्त भएको हो’, घिमिरेले भने, ‘यही विषयमा छलफल गर्न आइतबार उद्योग मन्त्रालय, वातावरण मन्त्रालय र अन्य सरोकारवाला निकायको बैठक बस्दैछ।’ खाल्डा पुर्नका लागि एक सय जना कामदार परिचालित छन्।
नागरिक दैनिक

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...