३७ दिनदेखि जारी छ गोर्खाल्याण्ड आन्दोलन

Darjiling 7

काठमाडौं । गोर्खाल्याण्डको माग राख्दै सुरु भएको आन्दोलन ३७ दिनदेखि जारी छ ।

भारतको पश्चिम बंगाल सरकार अन्तर्गतको दार्जिलिङ, मिरीक, खर्साङ र कोलेबुङ सहितको क्षेत्रमा जारी आमहड्तालले शनिबार ३७ दिन पुरा हुँदा पनि सरकारले कुनै वास्ता गरेको छैन । बरु सरकार दमनको बाटोमा गएको छ ।

आन्दोलनका क्रममा अहिलेसम्म ८ जनाले सहादत प्राप्त गरिसकेका छन् । पछिल्लो चरणमा गोर्खाल्याण्ड आन्दोलनलाई थप प्रभावकारी बनाउन सडकमा उत्रिन अपिल समेत गरिएको छ । गोर्खाल्याण्डका लागि ११० बर्ष भइसकेको छ ।

भारत सरकारले आन्दालनको वेवास्था गरेपछि आन्दोलनकारी मध्येको एक घटक गोर्खा जनमुक्ति मोर्चाका १२ जना युवा कार्यकर्ता शुक्रबारदेखि गोर्खाल्याण्डका ४ स्थानमा आमरण अनसनमा बसिरहेका छन् ।

पछिल्लो पटक बंगालकी मुख्यमन्त्री ममता व्यनर्जीले पहाडमा जसरी पनि शान्ति ल्याउने बताएपछि गोर्खा जनमुक्ति मोर्चाले बंगाल सरकार पहाडको आन्दोलनलाई थप दबाउने तयारीमा रहेको भन्दै थप सशक्त आद्योलन गर्ने बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...