सिद्धार्थ राजमार्गमै स्थानीयले रोपे धान

Sidhartha rajmarga dhan ropai

पोखरा । निरन्तर परेको पानीले सडकमा भएको खाल्डा खुल्डी र हिलोले गर्दा बाटो हिड्न गाह्रो भएपछि स्याङ्जाको वालिङमा सडकमै रोपाई गरिएको छ ।

स्थानीयले सडक निर्माण नगरेकोमा आक्रोस देखाउँदै शनिवार सडकमै रोपाई गरेर सडक विभाग र सरकारलाई व्यंग्य गरेका छन् ।

पानी पर्दा हिलोले हिड्न समेत कठिनाई भएपछि वालिङ नगरपालिका–८ का स्थानीयवासीले सिद्धार्थ राजमार्गमा धान रोपेर सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।

२०२८ सालदेखि सञ्चालनमा आएको सिद्धार्थ राजमार्गमा वर्षा लागेपछि हिलोले र घाम लाग्दा धुलोले स्थानीयलाई सताउने गरेका कारण उनीहरुले सडकमै धान रोपेका हुन् । स्थानीयले सडक डिभिजन कार्यालयलाई दिएको निवेदन र गुनासो सुनुवाई हुन नसकेपछि सडकमै धान रोप्न बाध्य भएको गुनासो गरेका छन् ।

स्थानीयबासीले वालिङलाई स्मार्ट सिटी बनाउने भनिएकाले स्मार्ट सिटीको स्मार्ट रोड लेखिएका प्लेकार्ड सडकमै राखेका छन् । स्थानीयबासीले सधैं सवारी साधन चलाउन जोखिम मानिने यो स्थानमा कालोपत्रे गर्न बारम्बार माग गर्दै आएका थिए । तर, सडक डिभिजन कार्यालयले बेलाबखत टालटुल गर्दै आएको थियो । त्यसमा पनि कार्यालयले शुक्रबार माटोले खाल्डो पुरे पनि रातभरी आएको पानीले सडक खेत जस्तै बनाएको थियो ।

ग्रामीण कच्ची सडकको माटो भेलले बगाएर सडकमा ल्याइपुर्‍याएपछि नभत्किएको सडक खण्ड पनि विस्तारै भत्किन थालेको छ । सिद्धार्थ राजमार्गको सडक खण्ड खाल्डाखुल्डीले बारम्बार दुर्घटना निम्त्याएको छ । खाल्डो, हिलो, घुम्तीका कारण यात्रुहरुले जोखिम मोल्न बाध्य छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...