विष्णुमती सफाइको १५० औँ हप्तामा आज गोंगबुमा

Pr ro

काठमाडौँ, । विष्णुमती सफाइको १५०औँ हप्तामा आज गोंगबु नयाँ बसपार्क क्षेत्रमा विशेष सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा ३ हजार ५ सय को सहभागिता थियो । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली पनि सफाइमा सहभागी भएका थिएइ ।

सफाइपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रकृतिलाई बिगार्ने क्रम बढेकाले सुधार्न सफाइ अभियानको योगदान महत्वपूर्ण हुने बताए ।

प्रदूषणले रोग निम्त्याउने भएकाले पनि सफाइमा सबैको सहभागिता हुनुपर्नेमा उनले जोड दिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले उपत्यकामा सफाइ अभियानबाट देखिने काम भएको बताउँदै राजधानी सहरको प्रतिष्ठा बढाउन पनि सफाइ अभियानलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए ।

नेकपामाओवादी केन्द्र का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नदी संस्कृतिको अंग भएकाले सहर जोगाउन नदी संरक्षण गरिनुपर्ने धारणा व्यक्त गरे ।

राप्रपाकी नेत्री कुन्तीकुमारी शाहीले उपत्यकाको सभ्यताको स्रोत नदी संस्कृतिलाई जीवन्त बनाउन सफाइ अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उपस्थित सफाइ अभियन्तालाई शपथ खुवाउँदै नदी सफाइ अभियानलाई निरन्तरता दिएर आफूले लिएको शपथ पूरा गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सचिवद्वय दीपेन्द्रनाथ शर्मा र विश्वनाथ ओली, कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेललगायतको सहभागिता थियो ।

सो अवसरमा बूढानीलकण्ठ, टोखा र तारकेश्वर नगरपालिकाका प्रमुख क्रमशः उद्धवप्रसाद खरेल, प्रकाश अधिकारी र रामेश्वर बोहरालाई वडास्तरमै विष्णुमती सफाइ अभियान चलाउन प्रतीकात्मकरुपमा जिम्मेवारी हस्तान्तरण गरिएको सफाइ अभियन्ता एवं गायत्री परिवारका डा राजु अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस