महाकाली राजमार्ग पुनः सञ्चालनमा

Bp highway

बैतडी, । गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग शनिबार अपरान्हदेखि पुनः सञ्चालनमा आएको छ ।

बैतडीको सतबाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्तर्गतपर्ने डिलाशैनी ६ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा र प्रहरीले पन्छाएपछि सडक पुनः सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

बागाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको थियो । सडक सुचारु भएपछि बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटादुरीका यातायातका साधन गन्तव्यतिर लागेका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला , बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...