रुकुमको नगरसभामा ‘जनसत्ता’का निर्णय सदर

Rukum

रुकुम । चौरजहारी नगपालिकाले तत्कालीन माओवादीद्वारा सञ्चालित जनसत्ताका निर्णयलाई कानुनी मान्यता दिने भएको छ ।

नगरपालिकाबाट पारित नीतिमै यस्तो उल्लेख छ। विशेषगरी जनसत्तामा गरिएको घरजग्गा किनबेचका कारण उत्पन्न समस्या हल गर्न यस्तो नीति अपनाइएको नगरपालिका स्रोतले जनायो । सभाले चोरी, डकैती र ठगी गर्नेलाई वडा र नगरपालिकाबाट कुनै सेवा सुविधान नदिने नीतिसमेत पारित गरेको छ।

त्यसका लागि पीडितले नगरपालिकामा उजुरी गर्नुपर्ने व्यवस्था छ। जनसत्तामा बिक्री गरिसकेका घरजग्गालाई फेरि आफ्नै भन्ने, अर्कालाई बिक्री गर्ने वा मूल्य थप्न लगाउनेहरु ठगीमा पारिँदै छन् । उनीहरुका विरुद्ध पीडितले सामूहिक वा एकल जसरी पनि नगरपालिकामा उजुरी गर्न सक्ने व्यवस्था मिलाइएको छ।

नगरपालिका प्रमुख विशाल शर्माले जुनकुनै बहानामा सर्वसाधारणलाई दुःख दिनेलाई कारबाहीको दायरामा ल्याउन यस्तो नीति पास गरिएको बताए। ‘जनसत्तामा घरजग्गा किनबेच गरे पनि शान्ति स्थापनापछि बेइमानी भएको छ, यसबाट धेरै सर्वसाधारण पीडित छन्’, शर्माले भने, ‘पीडक पक्षबाट पीडितलाई क्षतिपूर्ति नदिएसम्म नगरका सम्पूर्ण सेवासुविधा रोकिन्छ।’

पीडितको संख्या धेरै रहेकाले नगरपालिका ठगी गर्नेविरुद्ध नीति नै बनाएर कारबाहीमा लागेको शर्माको भनाइ छ। जनसत्तामा घरजग्गा किनेकाहरुले आफू पीडित भएको आधार खुलाई नगरपालिकामा निवेदन दिने व्यवस्था छ। निवेदन संकलन भइसकेपछि त्यसमा नाम उल्लेख भएकाहरुलाई बोलाएर समस्या समाधानका लागि छलफल गरिने नगरपालिका प्रमुख शर्माले बताए।

‘पहिलो चरणमा निवेदन संकलन भइरहेछ’, उनले भने, ‘त्यसपछि पीडक भनिएकाहरुसँग छलफल गरेर समस्याको समाधान गर्ने प्रया गरिनेछ, नत्र उनीहरुविरुद्ध ठगी मुद्दा अघि बढाइनेछ ।’
कान्तिपुर

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...