फकाउलान् त काजी साबले राणा साबलाई ?

Kamal pasupati

काठमाडौं । अहिलेसम्मको चौथौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल विभाजनबाट रोकिएको छ ।

बुधबारदेखि बसेको केन्द्रिय समितिको बैठकमा पार्टीभित्र देखा परेको विवाद समाधान गर्ने निर्णय भएसँगै तत्काल पार्टी विभाजन हुनबाट रोकिएको छ ।

तर, ३ दिनसम्म बसेको बैठकले असन्तुष्ट भनिएका बरिष्ठ नेता पशुपति समशेर राणाको उपस्थिती बिनै संविधान संशोधन, सरकारमा सहभागिता लगायतका महत्वपूर्ण निर्णय गरेको छ । यसले असन्तुष्ट पक्ष बैठक मै अनुपस्थित रहेकाले अझैं फुटबाट जोगिएको भने छैन ।

३ दिनसम्म बसेको बैठकले असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका बरिष्ठ नेता राणालाई समेत मिलाएर जाने निर्ण गरेको छ । जसको जिम्मा अध्यक्ष कमल थापाले नै लिएका छन् । ‘उहाँ (राणासहित) लाई मिलाएर लैजाने निर्णय गरेको छ’, महामन्त्री सुनीलबहादुर थापाले भने, ‘पार्टी अध्यक्ष ज्यूले नै सबैलाई मिलाएर लैजाने बताउनु भएको हुँदा पार्टीभित्रको आपसी टकरावको अन्त्य हुन्छ ।’

सो बैठकमा राणा समुहका राणासहित विश्वबन्धु थापा, नवराव सुवेदी र हरिबहादुर बस्नेत अनुपस्थित थिए । उनीहरु हालको नेतृत्वसँग पूरै असन्तुष्ट छ । यो समुहलाई अध्यक्ष थापाले सन्तुष्ट बनाउन नसके एउटा सानो समुह राप्रपाबाट बाहिर सक्ने राप्रपा नेताहरुको बुभाई छ ।

राप्रपाका धेरै केन्द्रिय सदस्यको बुझाईमा असन्तुष्ट समुहसँग राजनीतिकभन्दा पनि व्यवहारिक समस्याका कारण समस्या उत्पन्न भएको हो । बैठक बसेकै बेला पनि अध्यक्ष थापाले बरिष्ठ नेता राणालाई फोन सम्पर्क गरी बैठकमा आउन आग्रह गरेका थिए । तर, राणाले भने विरामी भएकाले नआउने बताएका थिए ।

अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्ट राणालाई फकाउन त्यति सजिलो चाँही छैन । किनभने केही समयअघि मात्रै राप्रपाका सांसद एमालेले फुटाउन लागेको आरोप अध्यक्ष कमल थापाले लगाएका थिए । त्यही कारण पनि असन्तुष्ट पक्ष त्यति सजिलो थापाको कुरा मान्नेवाला देखिएको छैन ।

प्रतिकृया दिनुहोस