पूर्वराजा ज्ञानेन्द्रको तीन दिनपछि डिस्चार्ज

Gyanendra discharged

काठमाडौं । मुटुमा समस्या भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह तीन दिनपछि डिस्चार्ज भएका छन् ।

नियमित चेकजाँचका लागि बुधबार विहान पूर्वराजा शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । उनी उपचारपछि शुक्रबार डिस्चार्ज भएका हुन् ।

नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको थियो । पूर्व राजा शाहको सुरुमा एनजीओग्राफी गर्ने र पछि एनजीओप्लाष्टी समेत गरिएको थियो । पूर्वराजाको एन्जियोप्लास्टी गरेर मुटूमा स्टेन्ट हालिएको छ ।

उपचारपछि डिस्चार्ज भएका पुर्व राजा ज्ञानेन्द्रलाई लिन कोमल शाह, छोरा पारससहित परिवारजन र शुभेच्छुक अस्पताल पुगेका थिए । अस्पतालबाट घर फर्कंदा पूर्वराजा मुस्कुराइरहेका देखिन्थे ।

ज्ञानेन्द्रको डिस्चार्ज हुँदा अस्पताल परिसरमा भिड लागेको थियो। अस्पतालका कर्मचारीले ज्ञानेन्द्रलाई पुष्पगुच्छा दिएर बिदाइ गरेका थिए । डिस्चार्ज हुँदा अस्पताल परिसरमा भिडले भने राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...