नेपालद्वारा सिंगापुर २२ रनले पराजित

Nepali cricket team

काठमाडौँ । सिंगापुरमा जारी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।

सिंगापुरको इन्डियन एशोसिएसनको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको सिंगापुर ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४६ रनमा समेटियो ।

सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्त सिंहले २५, युवराज सिंहले १९ र हन्सुल दीपले ३२ रन बनाए ।

सिंगापुरलाई १ सय ४६ रनमा रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । त्यसैगरी किशोर महतो र पवन शर्राफले समान दुई दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे । ८३ बल खेलेका उनले दुई छक्का र दुई चौका प्रहार गर्दै ५४ रन जोडे । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ तथा प्रकास केसीले २३ रन बनाए ।

बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले ३ तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान २÷२ विकेट लिए । विश्वासरेले १० ओभरमा २ मेडन राखि २९ रन दिए । आर्यमानले ५ ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे । अंश भार्गभ र रोहनले १÷१ विकेट लिए ।

डबल राउण्ड रोविन लिगमा भएको उक्त प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा सिंगापुरलाई ४ विकेटले तथा मलेसियालाई ५ विकेटले हराएको थियो । बिहीबार तेस्रो खेलमा अफगानिस्तानसँग नेपाल १४१ रनले पराजित भएको थियो ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष न्युजिल्याण्डमा हुने उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगितामा खेल्न पाउनेछ । ४ खेल खेलिसक्दा नेपाल ३ जित र १ हारसँगै ६ अङ्कका साथ दास्रो स्थानमा छ । अफगानिस्तान अहिलेसम्म खेलेको चारवटैमा विजयी भई ८ अङ्कसहित शिर्ष स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...