लोकतन्त्र आएपछि पत्रकार झन संकटमा

Union

काठमाडौं । लोकतन्त्र आएपछि पनि पत्रकारलाई अझै संकटमा परिरहेको विज्ञहरुले बताएका छन् ।

३५ औं वि.पी स्मृती दिवसको अवसरमा नेपाल प्रेस युनियनले आयोजना गरेको ‘लोकतन्त्रको अवसर र चुनौती विषयक’ अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले लोकतन्त्र आए पनि पत्रकारहरुको संरक्षणका लागि कसैले ध्यान नदिएको बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री पूर्णबहादुर खड्काले वि.पी. कोईरालाले प्रतिपादन गरेको लोकतन्त्रमा मात्र पूर्ण प्रेस स्वतन्त्रता हुने भएकाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र कांग्रेस एउटै भएको बताए । उनले विपीले प्रतिपादन गरेको लोकतान्त्रिक एजेण्डा र मार्गबाट मुलुक अगाडी बढ्दै गए पनि राज्यको तहहरुमा भने विपीको अनुवायीहरु पराजित हुँदै जानु दुर्भाग्य भएको बताए ।

सो अवसरमा सांसद यज्ञबहादुर थापा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, राष्टि«य सूचना आयोगका आयुक्त किरण पोखरेल, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष शमिरजंग शाह, वरिष्ठ पत्रकार बसन्तप्रकाश उपाध्याय लगायतले पत्रकारहरुको पेशा र भौतिक सुरक्षा अझै संकटमा रहेको र अन्ताराष्टिय प्रेस प्रतिवेदनमा समेत उल्लेख गरिएकाले त्यसमा सुधार गरिनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक आर्चाय, उपाध्यक्ष विजय सन्तोषी राई, महासचिव अजय शिवाकोटी लगायतले संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता लेखिएता पनि संविधानको कार्यन्यन हुन नसक्दा पत्रकारहरु अझै पनि संकटमा रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...