मिस विश्वकर्माको अडिसन सम्पन्न

Miss b k

काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको मिस विश्वकर्मा इन्टरनेशनलको काठमाडौं अडिसन सम्पन्न भएको छ । यसअघि पहिलो अडिशन मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको थियो ।

काठमाडौं अडिशनबाट जम्मा १५ जना युवती छानिएका छन् । काठमाडौंका १८ प्रतियोगी र काठमाडौं बाहिरका अन्य गरी ३१ जना बिच भएको प्रतिस्पर्धाबाट १५ युवती छानिएका हुन् । अब भदौ ३ गते यी मध्ये ५ जना बाहिरिएर अन्तिम प्रतिस्पर्धाका लागी टप १० छानिने छन् ।

मोनाली ईन्टरटेन्मेन्टले आयोजना गरेको मिस विश्वकर्मा इन्टरनेशलको काठमाडौं अडिसनको निर्णायकमा मिस नेपाल २००५ कि सगारिका केसी, संगीतकार राजु सिंह, कोरियोग्राफर बिजु बहिनी श्रेष्ठ, निर्देशक बिभोर पोख्रेल र मोडल दिवस उप्रेती रहेका थिए ।

काठमाडौंको नेम क्याफेमा गरिएको अडिसन कार्यक्रममा बोल्दै आयोजक संस्थाका अध्यक्ष दिपक बराइलीले मिस बिश्वकर्मा इन्टरनेशनल भब्य र सभ्य तरिकाले सम्पन्न हुन गइरहेको बताए ।

उनले बिश्ककर्मा समुदायका युवतीहरुमा भएको सिप, कलालाई देश भित्र मात्र नभएर देश बाहिर सम्म चिनाउने यस कार्यक्रमको उद्देश्य पनि रहेको प्रष्ट्याए ।

सरु सुनुवारले नेपालको इतिहासमै पहिलो पटक हुन गहिरहेको मिस विश्वकर्मा इन्टरनेशनलबाट बिश्वकर्मा समुदायका युवतीहरुको सौन्दर्यतासँगै सिप तथा कला देश बाहिरसम्म चिनिन सहयोग पुग्ने बताइन् ।

यहाँबाट छानिएका युवतीहरुलाई मिस विश्वकर्मा हुँदै भोलीका दिनमा मिस नेपालसम्म पुग्न सहयोग मिल्ने उनको भनाई थियो ।
मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...