३५ आँै विपि स्मृति दिवस विभिन्न कार्यक्रमका साथ वृक्षरोपन गरि मनाइयो

Bp

रामेछाप । विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस रामेछापको मनथलीमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

विपि स्मृतिका अवसरमा नेपाली काँग्रेस रामेछापले सदरमुकाम मन्थलीमा रहेको विपिको शालिकमा माल्र्यापन गर्नुका साथै बृक्षारोपन पनि गरेको छ ।

रामेछापले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस परिसरमा बृक्षारोपन गरेको हो । बृक्षारोपन कार्यक्रममा नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले २ तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बनेका थिए ।

उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । तर २ वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वा्चित संसद अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

आफ्नो प्रधानमन्त्रीकालमा उनले गाउँको विकास, भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गरेका थिए ।

विपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्थाले देशभर विभिन्न कार्यक्रम गरेका छन् । विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...