संविधान खारेज गर्न शिवसेनाको माग

Bikram bam

काठमाडौं । शिवसेना पार्टी अध्यक्ष बिक्रमबहादुर बमले जनभावना विपरीत बनेको संविधान खारेज गर्नुपर्ने दावी गरेका छन् ।

उनले अहिलेका राजनीतिक दलहरुले जनताले हिन्दु राज्य र राजसंस्था अंगालेको अवस्थामा जवरजस्ती परिवर्तन गरेकाले पनि संविधान खारेज गरिनुपर्ने दावी गरेका हुन् । उनले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थालाई आफ्नो मुख्य एजेण्डा बनाएको शिवसेनाले संविधानले धार्मिक द्धन्द्ध निम्त्याउने खतरा बढेकाले पनि यो संविधान खारेज गरिनुपर्ने तर्क गरे ।

रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गरी अध्यक्ष बमले संविधानसभाबाट संविधान बनेपछि नेपालको राजनीति झनै बिग्रिएको भन्दै २०४७ सालको संविधान नै लागू हुनुपर्नेमा जोड दिए । ‘अहिलेका नेताहरुले देश बिगारेका छन्, उनीहरु सबै एजेण्डाबिहीन भएका छन्, ’ उनले भने, ‘संविधान विभेदकारी छ, यसले देशको हित नगर्ने भएकाले नयाँ विकल्प खोज्नुपर्ने बेला आएको छ ।’

उनले पार्टीले वर्तमान राजनीतिक प्रक्रिया नमान्ने भएकाले सरकारले गराउने कुनै पनि निर्वाचनमा सहभागिता नजनाउने निर्णय पनि गरेको बताए ।

सोही कार्यक्रममा विभिन्न पार्टीबाट ३० जना भन्दा बढी राष्ट्रिय शिवसेना पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई अध्यक्ष बमले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका थिए । कांग्रेस, एमाले, माओवादी, राप्रपाका साथै अन्य पार्टी छोडेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने लक्ष्यका साथ आफ्नो पार्टीमा उनीहरु आएको बमले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...