इनार सफा गर्दा मजदुरको मृत्यु

Enar

चितवन । पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ ।

करिव ४० फिट गहिरो इनारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको थियो । उनको ९ घण्टापछि विहीबार साँझ ७ बजे मात्र शव निकालिएको थियो ।

भरतपुर महानगरपालिका–२३ स्थित नयाँ बस्तीका सोमबहादुर लोको घरमा रहेको इनार सफा गर्न गएका स्थानीयवासी ३६ वर्षीय रामकुमार रानाको बिहीबार विहान निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ९ः४० बजे इनार सफा गर्न गएका उनी केही समयपछि नै प्रतिक्रियाविहीन भएका थिए । स्थानीयवासीले नेपाली सेनालाई खबर गरेपछि सेनाको टोलीले दिउँसो उद्धारको प्रयास गरेको थियो । तर, सेनाको टोली २५ फिट तल पुगे पनि अक्सिजन नहुँदा भित्र जान नसक्दा अक्सिजनसहित कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली बोलाइएको थियो ।

सो टोलीले साँझ ७ बजेतिर करिब ९ घण्टापछि उनको शव निकालेको चितवन प्रहरीले जनाएको छ । कुरिनटारबाट टोली आउनुपर्ने भएकाले नारायणगढ–मुग्लिन सडकको बाटो भएर आउँदा उनको उद्धार गर्न लामो समय लागेको हो ।

प्रतिकृया दिनुहोस