अनिसाका परिवारलाई आर्थिक सहयोग

Anisa sahayog

काठमाडौं । कुवेतमा विष सेवन गरी मृत्यु भएकी अनिसा विकका परिवारलाई कुवेतमा बस्नेत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत पुगेकी अनिशाले कुवेतमै बिष सेवन गरेकी थिइन् । उनलाई कुवेत मै उपचार गरिएको भए पनि त्यहाँ रहेका नेपालीहरुको पहलमा नेपाल फर्काइएको थियो । तर, नेपाल आएपछि उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।

दलित एकता संजाल नेपालले काठमाडौंमा विहीबार कुवेतबाट पठाइएको २६ हजार ८ सय ६२ रुपैया अनिसाकी बहिनी सर्मिला बिकलाई हस्तान्तरण गरिएको छ ।

कुवेतमा रहेको सगरमाथा परोपकारी समाजले २५ हजार रुपैया र मध्यपश्चिम सेवा समाजका अध्यक्ष गणेश रावतले १ हजार ८ सय ६२ रुपैया नेपाल पठाएपछि सो रकम हस्तान्तरण गरिएको दलित एकता संजाल नेपालका अध्यक्ष बिष्णु सागर धमलाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...