तीजको कोशेली ‘बुढाबुढी एक्सप्रेस’

Sarita

काठमाडौं । नेपाली नारीहरुको विषेश चाड हरितातिका तीज नजिकै आउँदैछ । तीन नजिकै आइसकेकाले पनि हिन्दु नारीहरुले तीजको तयारी गर्न थालेका छन् ।

तीज नजिकिँदै गर्दा तीजका गीतहरु धमाधम बजारमा आइरहेका छन् । प्रत्येक वर्ष आउने तीजमा सबै गायक गायीकाको चाहना तीजमा नयाँ नयाँ गीत निकाल्ने चाहना हुन्छ । यसै क्रममा गायीका सरिता प्रजापतिले नयाँ गीत बजारमा ल्याएकी छन् ।

उनले यो पटकको तीजको गीत ‘बुढाबुढी एक्सप्रेस’ को नामबाट बजारमा ल्याएकी हुन् । उनलाई गायनमा रेशम सापकोटाले साथ दिएका छन् ।

रेशम सापकोटाको लय तथा शब्द सिर्जना तथा निर्देशनमा तयार भएको गीतमा ‘जीवन सुखी हुन्छ त्यहाँ, जहाँ लोग्ने स्वास्नीबीच खुसी फुल्छ’ भन्ने सन्देश उनको तीजको गीतले दिएको छ । साथै गीतमा समाजमा रेहेको वेरोजगारी समस्याले घर बिग्रन दिनुहुँदैन भन्ने शन्देश पनि दिइएको छ ।

बुढाबुढी एक्सप्रेस तरेली संगीत कुन्जले बजारमा ल्याएको हो । बुढाबुढी एक्सप्रेस नामक सो गीतको म्युजिक भिडियोलाई रेशम सापकोटा निर्देशन गरेका छन् भने राहुल राईको छायांकन रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...