सवारी दुर्घटनाले एक वर्षमा १६३ को ज्यान लियो

Kalikhola bus accident 1

चितवन, । सवारी दुर्घटनाले एक वर्षमा १ सय ६३ जनाको मृत्यु भएको छ, भने २ सय ५८ सवारी दुर्घटना भएका छन् । जसमा २ सय ४१ जना गम्भीर घाइते भएका छन् भने ३ सय ३४ जना सामान्य घाइते भएका थिए ।

अघिल्लो आवमा भएका १ सय ५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा १ सय १४ जना गम्भीर र १ सय २१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कायालयले जनाएको छ ।

कार्यालय प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आव २०७१÷७२ मा १ सय २६ वटा दुर्घटना भएका थिए । जसका कारण ८२ जनाको मृत्यु १ सय २७ जना गम्भीर र १ सय ३२ सामान्य घाइते भएका थिए ।

गत आवमा सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडकखण्डमा २९ प्रतिशत, पूर्वपश्चिम राजमार्गमा २२ प्रतिशत, पृथ्वीराजमार्गमा १७ प्रतिशत, भरतपुर क्षेत्रमा १४ प्रतिशत र अन्य भित्री सडकमा १८ प्रतिशत सवारी दुर्घटनामा मृत्यु भएको चर्चा गर्दै उहाँले दुर्घटना बढ्नुको कारणबारे अनुसन्धान भइरहेको बताए ।

जसमा १ सय ५८ वटा दुर्घटना चालकको लापर्बाहीबाट, १६ अर्कोलाई उछिन्ने क्रममा, ४५ तीव्र गतिका कारण, १२ मादक पदार्थ सेवन गरी चलाएका कारण, दुईवटा यान्त्रिक गडबढीका कारण, ४ अधिक भार ‘ओभरलोड’का कारण, १३ वटा यात्रुको गल्तीका कारण, पाँच सडकको अवस्थाका कारण र प्राकृतिक प्रकोपका कारण दुर्घटना भएको पन्तले बताए ।

प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पछिल्लो समय कहालीलाग्दो गरी दुर्घटना भएको भन्दै यसको न्यूनीकरणका लागि आवश्यक गृहकार्य भइरहेको बताए । प्रहरी एक्लैले दुर्घटना न्यूनीकरण गर्न सम्भव नहुने भन्दै उनले सरोकारवाला पक्षले पनि यसका लागि पहल गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...