कास्कीमा ४ दिनमा १ हजारभन्दा बढी मतदाता थपिए

Photo sahit

पोेखरा,। निर्वाचन कार्यालय, कास्कीमा साउन १ गते देखि सुरु भएको नाम दर्ता चौथो दिनसम्ममा १ हजार ३ सय १४ जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली दर्ताअन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालयले सुरु गरेको हो ।

नियमावली संकलन तथा अध्यावधिअन्तर्गत हालसम्म ५ सय ५८ महिला र ७ सय ५६ जना पुरुष मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार साउन १५ गतेसम्म क्षेत्रीय कार्यालय र साउन १६ देखि कास्कीका चारवटै गाउँपालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित यस क्षेत्रका जनताले प्रचण्ड गर्मीमा पनि आफ्ना सबै काम थाती राखेर फोटोसहितको मतदाता नामावली दर्तामा उत्साह देखाएका छन् ।

मुलुकमा लोकतन्त्र प्राप्तिपछिको पहिलो निर्वाचनपछि नाम छुटेका मतदातामा पनि परिचयपत्रका लागि फोटो खिचाउनु पर्छ भन्ने भावना विकसित भएको सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...