राप्रपा बैठक पुनः शुरु, किन गएनन् वरिष्ठ नेता बैठकमा

Rpp central meeting

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । बिहान ८ बजे शुरु गरिएको सो बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणा पनि अनुपस्थित थिए ।

नयाँ बानेश्वरमा बुधबार शुरु भएको सो बैठक स्थान परिवर्तन गरी आज टङ्गालमा बसेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

परिमार्जित संविधान संशोधनको पक्षमा नेताले सुझाव दिएको उक्त बैठकमा पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा पनि टुङ्गो लगाइने सम्भावना छ ।

बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले प्रस्तुत गरेको सांगठनिक अवस्था र भावी रणनीतिसम्बन्धी प्रतिवेदनका बारेमा छलफल शुरु भएको प्रवक्ता भुवन पाठकले बताए ।

शुक्रबारसम्म जारी रहने उक्त बैठकमा कोषाध्यक्ष उद्धव पौडेलले प्रस्तुत गरेका पार्टीको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनमा केन्द्रीय सदस्यले आ–आफ्ना धारणा तथा दृष्टिकोणका साथै सुझाव दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...