सुन्तली बलात्कार काण्डमा मुछिएका दासको बढुवा रोकियो

Sanjib das

काठमाडौं । केही दिन अघि मात्रै एसपी बढुवा सिफारिस भएका सन्जिव शर्मा दास निलम्बनमा परेका छन् । दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएपछि उनी निलम्बनमा परेका हुन् ।

शर्मा बढुवाको विषयलाई लिएर विभिन्न सञ्चार माध्यमका साथै समाजिक सञ्जालमा व्यापक आलोचना भएपछि गृहमन्त्रीले थप अनुसन्धान गर्नुपर्ने भन्दै निलम्बन गर्न निर्देशन दिएका थिए ।

डिएसपीबाट एसपीमा बढुवाका लागि ३५ जनाको नाम सिफारिस भएको थियो । त्यसमा उनको नाम अन्तिम नम्बरमा थियो । यसअघि मध्य क्षेत्रीय प्रहरी कार्यालयले दासलाई विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो । तर पनि बढुवा समितिले एसपीमा बढुवा सिफारिस गरेको थियो ।

तर, उनलाई सुन्तली तामाङको बलात्कार घटनामा परेको थाहा पाएपछि उनलाई पाँच वर्षअघि रामेछापमा भएको सुन्तली तामाङ बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान फितलो गरेको र दोषीलाई जोगाएको आरोपमा निलम्बनमा परेका हुन् ।

पाँच वर्षअघि भएको हत्या कान्डका दोषी गत महिना मात्र भारतबाट पक्राउ परेका थिए । दास हाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...