विपि राजमार्गमा १८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध

Sindhuli rod

सिन्धुली । यातायात ब्यवस्था विभागले बिपी राजमार्गमा अनाधिकृत रुपमा सिन्धुलीका रुटमा चलिरहेका ठूला बसको रूट खारेज गर्न सुरू गरेको छ । पहिलो चरणमा विभागले मंगलबार ९ बसको रुट पर्मिट खारेज गरेको छ ।

१८ सिटभन्दा बढीको बस चलाउन प्रतिवन्ध लगाइएको खुर्कोट–सिन्धुली खण्डमा चल्ने ठूला बसको रुट पर्मिट खारेज गरिएको हो । अनुगमनमा क्रममा ति बसलाई विभागले सोमबार नियन्त्रणमा लिएको थियो ।

काठमाडौँ–खुर्कोट–घुर्मीको रुट लिएपनि सिन्धुली हुँदै विभिन्न गन्तब्यमा जाने बसको रुट पर्मिट खारेज गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

ना ६ ख ४५८८, बा ४ ख ३८९३, बा ३ ख ५९६४, बा४ ख २१४२, ना ६ ख ९१३, बा ४ ख ४३१२, ना ६ ख ८४६, ना ७ ख ८९२ र ना ५ ख ९५२६ नम्बरका बसको रुट पर्मिट खारेज गरिएको हो ।

खुर्कोट–सिन्धुली खण्डमा १८ सिटभन्दा बढीका सवारी सञ्चालन गर्न नपाइने नियम छ । तर, ४० सिटसम्मका बस पनि राजमार्गमा चलेको पाइएकाले ५ हजार जरिवाना लगाए ६ महिनाको लागि रुट खारेज गरिएको भट्टराईले बताए । यातायात ब्यवस्था विभागले पछिल्लो समयमा बिपी राजमार्गमा रातको समयमा सार्वजनिक सवारी चलाउन पनि रोक लगाएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग तथा प्रहरी प्रधान कार्यालय कार्य विभाग ट्राफिक निर्देशनालयले सवारी आवागमन रोक्न पत्राचार गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा यही असार २० गते सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकमा अञ्चल प्रहरी कार्यालय जनकपुरका बरिष्ठ प्रहरी उपरिक्षक सुभाषचन्द्र चौधरी, सिन्धुलीका प्रहरी उपरिक्षक उमासंखर पञ्जियार, रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, राजनितिक दल, यातायता व्यवसायीको बैठकले समेत साउन १ गतेबाट रात्रीकालीन सवारी सञ्चालन गर्न नदिने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार रात्रिकाललिन समयमा भाडाका वस एवं टाटा सुमो जिप लगाएतका सवारी साधन विपि राजमार्ग सडकखण्डमा सञ्चालन भै रहेको गुनासो आएकाले सिन्धुलीको भिमान चेक पोष्ट र काभ्रेपलान्चोक जिल्लाको काभ्रेभञ्ज्याङबाट साँझ ६ बजे पछि सवारी साधन रोकिएको हो ।

जस अनुसार सिन्धुलीको भिमान र काभ्रेभञ्ज्याङबाट साँझ ६ बजेपछि सवारी रोक्ने र भोलिपल्ट विहान ५ बजे मात्र सवारी साधन छाडिने निर्णय भै सकेकाले त्यही निर्णय अनुरुप सवारी साधन रोक्न दिने निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख ट्राफिक प्रहरी नायव निरिक्षक चन्द्रफाजु श्रेष्ठले जानकारी दिए ।

यस्तै सडक र पुलहरुको भारवहन क्षमता भित्र रही १०र१२ चक्के वा सो भन्दा बढी चक्क भएका सवारी साधनलाई सञ्चालन गर्न नदिने यदी भौतिक पूर्वाधार निर्माण, विकास, शोध एवं अन्वेषण प्रयोजनार्थ आवश्यक पर्ने भएमा प्रमुख जिल्ला अधिकारीले पटके सवारी इजाजत दिने निर्णय भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...