डेढ सय जना प्रवेश गरे माओवादीमा

Maoist prabesh

ललितपुर । ललितपुरमा विभिन्न पार्टी परित्याग गरी सय भन्दा बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार बिहान ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गणेशबहादुर केसीसहित विभिन्न पार्टीका १ सय ५५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता पम्फा भुसालले खादा र टिका लगाएर पार्टी प्रवेश गराएका थिए । त्यसरी पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका रामप्रसाद बजगाई, रमेश दाहाल, गुप्तबहादुर बराम, तीर्थराम महर्जन, नकुल महर्जन, रामबहादुर बि.क., गोविन्दप्रसाद दाहाल, श्याम तामाङ, सुजाता केसी, कुबेर बस्नेत, राजन केसी, भीमसेन सत्याल, रमेश घिमिरे, रबिन्स घिमिरे केसी, बालकृष्ण तिमिल्सिना, विजय बाँस्कोटा, दमन केसी, चन्द्र घले लगायत छन् ।

बुधबार नै एमाले त्यागेर माओवादीमा प्रवेश गरेका छन् । एमालेका कृष्णप्रसाद घिमिरे, केशवप्रसाद तिमिल्सिना, सुरेश घिमिरे, केपी न्यौपाने, हरिहर पाठक, सानुकाजी महर्जन, रुपेश धिमाल, कर्मा शेर्पा छन् भने विनोद तिमिल्सिना, आशिषराज बस्नेत, भीमप्रसाद घिमिरे, अशोक महर्जन, ज्ञानकुमार महर्जन, श्यामकाजी महर्जन, सुरेश महर्जन, लवदेव अवस्थी, फडिन्द्र पाण्डे, छोटु लामा, जुनादेवी पराजुली लगायत पनि माओवादीमा प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...