मर्स्याङ्दीमा ट्रक खस्दा १ जना बेपत्ता

Maryandima truck khasyo

लमजुङ । मर्स्याङ्दीमा नदीमा ट्रक खस्दा ट्रकका सहचालक बेपत्ता भएका छन् ।

बुधबार सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको बा २ ख ९६०६ नं. को मालबहाक ट्रक मर्स्याङ्दी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा सहचालक राज भनिने १ जना बेपत्ता भएका छन् ।

दुर्घटनामा परी ट्रक चालक अनिल श्रेष्ठ र सोही ट्रकमा सवार जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका कर्मचारी सुवास अधिकारी घाइते भएका छन् । दुबै जनालाई स्थानीयवासीले नदीबाट उद्धार गरेका छन् ।

सो ट्रक स्याँगे बजार कटेपछि पुरानो स्याँगे नपुग्दै घुम्तीबाट मर्स्याङ्दीमा खसेको स्थानीयको भनाई छ । ट्रक करिब ७० मिटर तल खसेको थियो । घटनास्थल लमजुङ बेंसीसहरबाट करिब २४ किलोमिटर उत्तरतर्फ पर्छ ।

नदीमा खसेर दुई टुक्रा भएको ट्रकको एक भाग नदीले बगाएको छ भने एक भाग नदी छेउमा भेटिएको छ । ट्रकमा रेफ्रिजेरेटर, इन्भरर्टरलगायतका सामान रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...