खिम्तिका बाढीपीडितलाई सहयोग

A2

काठमाडौँ, । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन अनेरास्ववियुले रामेछापस्थित लिखु गाउँपालिकाका–१ खिम्तिका बाढी प्रभावितलाई राहत सहयोग उपलब्ध गराएको जनाएको छ ।

संगठनले खाद्य सामग्री, ब्लाङ्केट, टेन्ट तथा प्राथमिक स्वास्थ्य उपचार सामग्रीलगायत संकलन गरी घटनास्थलमा पुगेर उनीहरुलाई सहयोग गरेको हो ।

पीडितलाई सहयोग उपलब्ध गराउने उद्देश्यले अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा मङ्गगलबार त्यसतर्फ गएको एक टोली राहत बाँडेर सोही दिन साँझ काठमाडौँ फर्केको थियो ।

गत शनिबार गएको बाढीपहिरोबाट त्यस क्षेत्रका स्थानीयवासी प्रभावित भई दुःख कष्ट भोग्नुपरेको, खुल्ला आकाशमुनि सुत्नु परेको खबर आएपछि अनेरास्ववियुले पीडितलाई राहत वितरण गर्न विभिन्न स्रोत परिचालन गरी सामग्रीको व्यवस्थापन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष लामाले दैवी प्रकोपका कारण गाँस र बास गुमाउन बाध्य भएका नेपालीलाई मानवीय सहयोग उपलब्ध गराएको जनकारी दिए ।
मुलुकमा संविधान निर्माण, संविधान जारी तथा संविधान कार्यान्वयनमा रचनात्मक सहयोग गर्दै आएको संगठनले विद्यार्थी आन्दोलनका साथै महँगी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरणका लागि विशेष दबाबमूलक कार्य गर्दै आएको छ ।

यसअघि सो संगठन तथा युवा संघलगायतले सप्तरीको तिलाठीको दैवी प्रकोपमा पनि राहत उपलब्ध गराएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।
रामेछापमा भएको घटनामा पाँचजनाको मृत्यु तथा २५ घरपरिवार प्रभावित रहेको संगठनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...