पहिरोले धादिङका १७ परिवार विस्थापित

Dhading pahiro

धादिङ । आफनो बस्तीको सिरानमा जमिन फाटेर पहिरो झरेपछि उत्तरी धादिङको विकट बस्तीका १७ घर परिवार विस्थापित भएका छन् ।

गत आईतबार रातिदेखि परेको अविरल वर्षाले भूकम्पकै बेला गएको पहिरो झर्न थालेपछि गंगाजमुना —२ पुन्द्रुङका १७ घर परिवार विस्थापित भएका हुन् ।

‘गत आईतवार राति देखिनै पहिरो झर्न थालेपछि १७ घरका ८७ जना तामाङ बस्तीका स्थानीयबासीहरुले बालवच्चासहित घरमा ताला मारेर छिमेकी आफन्तहरुकोमा शरण लिन गएको’ उक्त वडाका प्रमुख फैसिंङ तामाङले फोनमा बताए । उक्त गाउँसँगैको ७ घर रहेको सल्ले पनि जोखिममा रहेको वडाप्रमुख फैसिंङ बताउँछन् ।

उक्त खबर पाएलगत्तै स्थानीय प्रशासनले अवस्था बुझ्न र उद्दार गर्न मंगलबार बिहानै दार्खास्थित प्रहरी चौकीबाट प्रहरी खटाएकोछ । विस्थापित परिवारहरुलाई रीगाउँको सुरक्षित सामुदायिक आवासमा सार्ने योजना रहेको प्रजिअ महेश आचार्यले बताए ।

भुकम्पपछि भुगर्भविद्हरुले गरेको सर्वेक्षणमा उत्तरी भेकका तत्कालीन रीगाउं, लापा का ८ वटा बस्ती अन्तै सार्नु पर्ने सिरफारिस गरिए पनि सिफारिस कार्यान्वयन भएको छैन् ।
साभार : कान्तिपुर

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...