मिस काठमाडौं हुने

Miss ktm

काठमाडौं । सौन्दर्य प्रतियोगिताको गुणस्तरलाई कायम राख्न पहिलो पटक ‘मिस काठमाडौं नेपाल–२०१७’ आयोजना हुने भएको छ ।

कसमस ईन्टरटेन्मेन्ट हाउसले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सौन्दर्य प्रतियोगिताको गुणस्तरलाई कायम राख्दै यो पहिलो पटक मिस काठमाडौं आयोजना गर्न लागेको जनाएको छ ।

‘मिस काठमाडौं नेपाल–२०१७’ मा १७ वर्षदेखि २५ वर्ष उमेर समुहका २५ जना अविवाहित युवतीले सहभागिता जनाउने छन् । यो प्रतियोगितामा सहभागिता जनाउने प्रतिस्पर्धीले प्लस टु उत्तिर्ण गरेको हुनु पर्नेछ । प्रतियोगिताका लागि साउनको दोस्रो तथा तेस्रो साता काठमाडौंमा पहिलो तथा दोस्रो चरणको अडिसन कार्यक्रम आयोजना गरिने आयोजक संस्था कसमस ईन्टरटेन्मेन्ट हाउसका निर्देशक डेविडजंग बस्नेतले बताए ।

अडिसनको क्रममा छनोट भएका प्रतिष्पर्धीलाई भदौ १ देखि ३५ दिन लामो प्रशिक्षणमा सहभागि गराइने छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई व्यक्तित्व विकास, भाषा, पहिरन, फोटोसेसन सहितका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले असोज ५ मा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...