महासेठ भन्छन्, मधेशमा निर्वाचन एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ

Raghubir mahaseth

काठमाडौं । मधेशी मोर्चाले तेस्रो चरणको निर्वाचन हुनुअघि संविधान संशोधनको माग गरिरहेका बेला एमालेमा एक नेताले असोज २ भन्दा अघि कुनै पनि हालतमा संविधान संशोधन नहुने ठोकुवा गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता रघुवीर महासेठले असोज २ मा हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि सरकारले चाहेर पनि संविधान संशोधन हुन नसक्ने ठोकुवा गरेका हुन् ।

‘चुनावअघि संशोधनको कुनै सम्भावना नै छैन’ रिपोर्टर्स क्लव नेपालले मंगलकार गरेको कार्यक्रममा नेता महासेठले भने, ‘चुनावअघि संशोधन गर्न जनताले अहिले निर्वाचन चाहेका छन् ।’

एनले सदनमा विचाराधिन संशोधन प्रस्तावलाई यथास्थितिमा आफूहरुले समर्थन नगर्ने स्पष्ट पारेका छन् । ‘अहिले सदनमा रहेको संशोधन प्रस्तावलाई हामी समर्थन गर्न सक्दैनौं, प्रस्ताव परिमार्जन भएर आउँछ भने हामी सकारात्मक हुन्छौं’ उनले भने, ‘तर यथास्थितिमा हामी प्रस्तावलाई समर्थन गर्न सक्दैनौं ।’

उनले राजपाले सरकारको विरोध गर्नु गलत भएको टिप्पणी गरे । उनले राजपाले सरकारको विरोध गर्नुको कुनै कारण नभएको पनि बताए । ‘विरोध गर्नुभन्दा बरु तुरुन्त सरकारलाई दिएको समर्थन फिर्ता दिएर जनतामा जानुपर्छ’, उनले भने, ‘राजपामा अहिले देखिएको प्रमुख समस्या भनेको नै आत्मनिर्णय गर्न सक्ने क्षमता भएन, सरकारलाई जुन शक्तिले समर्थन गर भन्यो, त्यही शक्तिले फिर्ता नगर्न दबाब दिएको छ, त्यही भएर उहाँहरुले फिर्ता लिन सक्नुभएको छैन ।’

उनले अब कसैले पनि चाहेर पनि प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् । उनले भने, ‘निर्वाचन अब कसैले चाहेर पनि रोकिँदैन, एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ ।’

उनले राजपालाई चुनावमा आउन नदिने कांग्रेसले नै गेम प्लान गरिरहेको आरोप लगाए । उनले भने, ‘कुनै न कुनै बहानामा कांग्रेसले राजपालाई चुनावमा आउन चाहिरहेको छैन, किनकी कांग्रेस र राजपा एउटै गुरुका दुई चेला हुन् ।’ उनले आफ्नो पार्टीले चुनावमा राजपाको उपस्थिति चाहेको समेत जिकिर गरे । उनले राजपालाई चुनावमा जानको लागि सरकारले गर्नुपर्ने न्यूनतम कामहरु समयमै गरिदिनुपर्ने समेत माँग गरे ।

महासेठले संसदको निर्वाचन क्षेत्र बढाउने कुरा आफूहरुलाई मान्य नहुने समेत जिकिर गरे । उनले भने, ‘संसदको संख्या १६५ बाट १६६ पनि हुन सक्दैन्, यही १६५ पनि बढि नै हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...