‘मधेशी पुत्र–२’ निर्माण हुँदै

Mdes putr

काठमाडौं, । मधेशको राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाक्रमबारे निर्माण भएको ‘मधेशी पुत्र’ कथानक चलचित्रको अपार सफलता पछि सिक्वेल ‘मधेशी पुत्र–२’ निर्माण हुने भएको छ ।

मधेशको राजनीतिबारे निर्माण भएको मधेशी पुत्र चलचित्र सम्भवतः मधेशको पहिलो चलचित्र हो । मधेशी पुत्रले मधेशका हलहरुमा अपेक्षा गरेभन्दा बढी नै व्यापार गरेको निर्माताको दाबी छ ।

त्यसबाट उत्साहित निर्माताले मधेशी पुत्रको सिक्वेल बनाउन लागेको हो । मंगलबार मधेश मिडिया हाउसमा अनुरागी फिल्मस् प्रा.लि.ले पत्रकार सम्मेलनको आयोजना गरी मधेशी पुत्र–२ को ब्यानर सार्वजनिक गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले मधेशी पुत्र–२ ले मधेशको मात्र नभएर समग्र नेपालको समस्याहरु उत्थान गर्ने अपेक्षा गरिन् । उनले हिमाल, पहाड, तराई कोही छैन पराई जस्तै यस चलचित्रलाई सबै नेपालीको माया पाउने आशा व्यक्त गरिन् ।

कार्यक्रममा लेखक तथा निर्देशक निराजन मेहता (मन्जित)ले चलचित्रको पृष्ठभूमिबारे प्रकाश पारेका थिए ।

मधेशी पुत्र–२ का निर्माता उदित नारायण साह (अरुण), द्वन्द्व निर्देशक एन.बी. महर्जन, नेपाली चलचित्रका निर्देशक जनकराज खकुरेल, सँगीतकार कमल मण्डल, युवा राजनीतिकर्मी प्रवीण लाभ लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...