मिस लिटिल आइटल हुने

Miss itel

काठमाडौं । विद्यार्थीको पढाई र प्रतिभाको विकास गर्न भदौ पहिलो साता मिस लिटिल आइटल हुन लागेको छ ।

विद्यार्थीको पढाइले मात्र प्रतिभा नदेखिने भएकाले उनीहरुको क्षमताको विकास गर्न एक्सन ईन्टरटेनमेन्ट र काठमाडौं प्याव्सनको संयुक्त आयोजनामा भदौं १० मा मिस लिटिल आइडल हुने भएको हो ।

राजधानीमा सोमबार भएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा प्याव्सनकी काठमाडौं सचिव रिता राईले विद्यार्थीको प्रतिभा विकसित गर्न मिस लिटिलको आयोजना गर्न लागिएको जानकारी दिइन् ।

मिस लिटिल आइटलमा देशभरका विद्यालयबाट प्रतिस्पर्धामा सहभागी गराइने छ । योपटक ८ देखि १३ वर्षसम्मका छात्राले भाग लिन पाउने छन् । विभिन्न चरणहरु पार गरी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतीय हुनेले ३० हजार, २० हजार र १० हजार नगद तथा उनीहरुको शिक्षामा पनि सहुलीयत प्रदान गरिने छ ।

एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोक प्यासी राईले ८ वर्षदेखि निरन्तर रुपमा विद्यार्थीको प्रतिभा खाजी गर्ने काम गरिरहेको जनाए । कुनै कारणले पनि विद्यार्थी पछि नपरुन् र जुनसुकै ठाउँमा पनि प्रतिस्पर्धाका लागि योग्य बन्न सकुन् भन्ने उदेश्यले मिस लिटिल आइटल गर्न लागिएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...