भरतपुर मुद्दाको सुनुवाइ मिति फेरी किन सर्यो

काठमाडौं । पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेको छ।

पटक पटक सर्दै आएको मुद्दाको सोमबार न्यायाधीशद्व ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो ।
आजको सुनुवाइमा रिट निवेदकका पक्षबाट अधिवक्ता टिकाराम भट्टराईले बहस गरेका थिए।

समय अपुगका कारण सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । हेर्दा हेर्दैमा परेको मुद्दामा भोलिपल्टै सुनुवाइ हुने भए पनि न्यायाधीश भण्डारी मंगलबार भारत जान लागेका कारण उनि नफर्केसम्म यो मुद्दाको सुनुवाइ रोकिएको हो ।

न्यायाधीश भण्डारी ७ गते नेपाल फर्कने र ८ गते आइतबार पुनः सुनुवाइ सुरु हुने सर्वोच्च अदालतले जनाएको छ ।

मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो ।

आयोगको त्यो निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिटमा सोमबार मुद्दा दायर गर्नेका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गरेका थिए ।

सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना वित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन ।

प्रतिकृया दिनुहोस