एमालेलाई ठूलो झड्का, प्रभावशाली नेताकुर्मी पार्टी छोडी फोरम नेपालमा प्रवेश

काठमाडौं । पर्सा वीरगन्ज एमालेका प्रभावशाली नेता सुन्दर प्रसादकुर्मी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

विरगञ्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तवित सुन्दर कुर्मीले पार्टीको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका हुन् ।

एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले असार १४ गते वीरगन्जमा पत्रकार सम्मेलन गरी आफूले एमाले पार्टी परित्यागको घोषणा गरेका थिए ।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित एक समारोहमाबीच पार्टी अध्यक्ष उपेन्द्र यादवले नेताकुर्मीलाई अबीर खादा ओडाएर पार्टीमा स्वागत गरेका छन् ।

सो अवसरमा फोरम नेपालका उपाध्यक्ष युवराज कार्की, महासचिवद्धय राम सहाय यादव र रणध्वज कन्दङ्वा, सांसद अभिषेक प्रतापशाह र फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवलगयतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...