कर फछ्र्योटबारे महतको टिप्पणी : कालोले अरुलाई पनि कालो नै देख्छ’

Mkk 7433

काठमाडौं, । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फछ्र्योट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको टिप्पणी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ, यो जत्तिको हाँस्यस्पद अकरु क्े हुन्छ ? आफ्नो भाषा अनुसार अरुलाई जज गर्नुहुँदैन्।’

महतले आफू त्यस्तो प्रकृतिको मान्छे नभएको समेत स्पष्टोक्ति दिए । उनले भने,‘मलाई लगाईएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाईएको आरोपको म जहाँसुकै गएर भएपनि फेस गर्न तयार छु।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले उक्त विषय अदालतमा पुगिसकेकोले आफूले त्यसबारेमा कुनै प्रतिक्रिया या टिप्प्णी नगर्ने जनाए ।

यद्वपी उनले कर फर्छोट आयोग गठन, भ्याट कानून अन्र्तर्गत नयाँ आधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण कामहरु आफू अर्थमन्त्री हुँदा भएको जनाए ।

‘‘१२ अर्ब राजश्व उठ्ने मुलुकमा हामीले अर्थात म अर्थमन्त्री र कांग्रेसको सरकार हुँदा अहिले ७ सय अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए संभव हुन्थ्यो र ?’ महतले भने,‘त्यतिकै मिथ्यामा आरोप लगाएर हुन्छ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।’

त्यस्तै डा. महतले जनतालाई छिटो सेवा प्रवाह गर्नको लागि मन्त्रिमण्डल चाँडो विस्तार गर्नुपर्ने धारणा राखे । उनले भने,‘सर्भिस डेलिभरी चाँडो हुनुपर्छ, हुन त अहिलेको सरकार कांग्रेस एक्लैको होईन, केही ढिलाई भएको छ, अब छिट्टै सरकार विस्तार गर्नुपर्छ, यसमा ढिलो गर्नुहुँदैन्।’

सकेसम्म असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले ईमानदार प्रयास गर्नुपर्ने उनको भनाई थियो । महतले भने,‘सकेसम्म चुनावमा मधेशकेन्द्रित दलहरुसँग पनि सहमति गरेर चुनावमा सहभागी गराउनुपर्छ, हामीले यसबारेमा लचकता देखाएका छौं।’

नेता महतले संसदमा विचाराधिन रहेको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा आउन निर्णयलाई सबैले स्विकार्नुपर्नेमा जोड दिए । उनले भने,‘अब राजपाले पनि त्यसलाई मान्नुपर्छ, उहाँहरु पनि चुनावमा भाग लिनुहुन्छ, किनकी हालै सम्पन्न भएको दोस्रो चरणको निर्वाचनमा राजपाका कतिपय नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र उम्मेद्धवार उठाएको थियो, चुनाव महत्वपूर्ण अवसर हो।’

त्यस्तै उनले हालै संसदको क्षेत्र १६५ बाट बढाएर पूरानै २४० क्षेत्र कायम गर्ने हल्लामा सत्यता नभएको समेत दाबी गरे । महतले भने,‘कांग्रेस निर्वाचन क्षेत्र बढाउने पक्षमा छैन, यो गलत कुरा हो, अहिले मुलुक संघीय संरचनामा गैसकेको छ।’ उनले तोकिएकै मिति अर्थात माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले यसलाई मध्येनजर गर्दै तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने समेत माँग गरे ।

उनले भने,‘आयोग गठन गर्न ढिलाई गर्नुहुँदैन, समय कम छ।’त्यस्तै उनले हालै सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आफूहरुको लागि सन्तोषजनक नभएको गुनासो पोखे । उनले भने,‘अहिलेको मतपरिणामबाट कांग्रेस त्यति सन्तोष छैन, हाम्रो पराजय हुनु वा कम विजयी हुनुमा आन्तरिक र केही अन्य कारणहरु पनि छन।’

उनका अनुसार पार्टीभित्रको आन्तरिक विवाद र अघिल्लो सरकारले गरेका केही विवादस्पद जस्तो प्रधानन्यायाधीशमाथि महाअभियोग, नेपाल प्रहरीको प्रमुख नियुक्ती, चितवनमा पार्टीको उम्मेद्धवारको उम्मेद्धवारी फिर्ता, राजदुत प्रकरणको अपजसका कारण पार्टीले सोचेको जस्तो नतिजा ल्याउन नसकेको हो ।

महतले पार्टीले चुनावमा राम्रो नतिजा ल्याउन नसकेको लगायत अन्य विषयका बारेमा छलफल गर्न चाँडो भन्दा चाँडो पार्टी केन्द्रिय कार्यसमितिको बैठक बोलाउनुपर्नेबारे पार्टी नेतृत्वको ध्यानाकार्षण समेत गराए ।

नेता महतले विकास खर्च हुन नसक्नुमा मुलुकमा बढि राजनीतिकरण हुनु नै प्रमुख कारण रहेको स्पष्ट पारे । उनले भने,‘विकास भन्ने कुरा भाषणमा ठूलो ठूलो स्वरले कराएर मात्रै हुने हो र ? यसको लागि त मनशा, वाचा र कर्मशाले काम गर्नुपर्यो नि।’

उनले मुलुकमा राजनीतिक प्रोपागाण्डा बढि भैरहेको गुनासो पोखे । मुलुकको विकासको लागि सरकार, नीजी क्षेत्र र आम सचेत नागरिकहरु सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...