द्वन्द्वपीडितलाई साढे ४ करोड राहत वितरण

Money 5

म्याग्दी । म्याग्दीका द्वन्द्वपीडितलाई साढे ४ करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत १० वर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत ४ करोड ६५ लाख २१ हजार वितरण गरिएको हो ।

यसअघि विभिन्न चरणमा ५ लाख राहत रकम बुझेका द्वन्द्वपीडितलाई यसपालि एकमुष्ट ५ लाख थप गरेर १० लाख पु¥याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी, द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई पनि डेढदेखि साढे २ लाख रुपैयाँ थप रकम दिएर १० दश लाखको राहत प्याकेज पूरा गरिएको छ ।

सरकारले घोषणा गरेको एक दशकपछि द्वन्द्वपीडितले विभिन्न चरणमा पूरा राहत रकम पाएका हुन् । ८९ लाई पाँचपाँच लाख, चारलाई १
लाख ५० हजार र एकजनाको आफन्तलाई २ लाख ५० हजार वितरण गरिएको छ ।

स्थानीय शान्ति समिति र प्रशासनको सिफारिसअनुसार द्वन्द्वकालमा विस्थापित भएका २९ जनाको नाममा रु २५ हजारका दरले बजेट आए पनि २१ जनाले मात्र रकम बुझेका छन् ।

चारजना विस्थापितले यसअघि नै राहत पाइसकेका थिए । बेपत्ताको सूचीमा रहेका बरञ्जाका भीमप्रसाद भट्टचनका आफन्त कोही पनि सम्र्पकमा नआएपछि वितरण हुन सकेन ।

यसैगरी, द्वन्द्वकालमा अङ्गभङ्ग भएका एक जनाले मासिक १२ हजार ४ सय र ४ जनाले ६ हजार २ सय का दरले जीवन निर्वाह भत्ता पाएका छन् । द्वन्द्वकालमा अभिभावक गुमाएका १८ वर्षमुनिका तीन जनाले मासिक ५ हजारका दरले पूरै वर्ष र पछि सिफारिस भएका १ जनाले ४ महिनाको सहयोग पाएका छन् । सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिएको प्रशासनका लेखापाल विष्णुप्रसाद पौडेलले बताए ।

प्रतिकृया दिनुहोस