एमालेले १ भोट बराबर २५ हजार दिएको अडियो सार्वजनिक

Gulmi 4

गुल्मी, । गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिकाको निर्वाचनमा एमाले नेताले कांग्रेसका एक कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको अडियो सार्वजनिक भएको छ ।

शुक्रबार नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट ५ नम्बर वडाका वडा सदस्य धनबहादुर नेपालीलाई शुक्रबार विहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड र नगद सार्वाजानिक गरिएको हो ।

टेलिफोन कुराकानीको अडियोमा भनिएको छ, ‘अहिले २५ हजार लिन आउनुस, कार्यपालिका जितियो भने १ लाख अरु दिईने छ , पैसाको पिरै नगर्नुस् । ’

कांग्रेस कार्यकर्ता नेपालीले आफु इमान्दार कांग्रेसजन भएकोले एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजानिक गरेको बताए ।

उनले यस्तो आरोप लगाउँदै प्रश्न गरे, ‘म जस्तो कांग्रेस अगुवा कार्यकर्तालाई त पैसामा किन्न खोजिन्छ भने अरु सर्वसाधरण गरिव दलितहरु कति बिके होलान । कांग्रेस सभापति श्रेष्ठले एमालेले चुनाव जित्नु रहस्य बल्ल अहिले आएर खुलेको बताए ।

उनले भने–‘ हामीलाई चुनाव ताका थियो , एमालेले धुप्रै दलित गरिवहरुलाई पैसा बाडेको छ भन्ने कुरा तर पनि प्रमाण थिएन, वल्ल अहिले आएर प्रमाण फेला पारेका छौं , पत्रकार सम्मेलन मात्रै गरेका होईनौं निर्वाचन आयोगमा मुद्धा समेत दायर गर्दैछौ । ’

मेयरका पराजित उम्मेदवारुमेत रहेका श्रेष्ठले भने, ‘पैसा बाँडेर चुनाव जित्नु भनेको ति दलित गरिव वर्ग समुदाय माथीको ठुलो अपमान हो ।’

वडा नम्वर १४, साविकको पाराल्मी गाविसमा पनि कांग्रेस कार्यकर्ताहरुले पैसा बाँड्दै गरेका एमाले कार्यकर्ताहरुको पैसा वरामद गरी राखेको दावी गरेका छन् ।

पैसा दिएको आरोप लागेका ति एमाले नेताले भने आफुले नदिएको तर एमालेलाई बद्नाम गर्ने नियतका साथ फोन कुराकानीको मञ्चन गरिएको जिकिर गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...