निरौला भन्छन्, संवैधानिक प्रजातन्त्र र हिन्दु राज्य हाम्रो बटम लाइन हो

Gobinda niraula

बाँकी

तपाईहरूले स्थापना गर्न खोजेको राज्य व्यवस्था चाँही कस्तो हो ? यसले नेपालको सम्बन्धमा कस्तो प्रभाव पार्छ ?
संवैधानिक प्रजातन्त्र र हिन्दु राज्यको स्थापना । कानुनी राजको विशिष्टता र सभ्यताको महत्व भएको राज्य व्यवस्था । अर्थात् संवैधानिक शासन व्यवस्थाभित्र मानव अधिकारको संरक्षण र मर्यादित स्वतन्त्रताको अधिकार सुरक्षित भयो भने राज्यमा विशिष्टताको स्थिति सिर्जना हुन्छ । राज्य कानुनद्धारा संचालन भएको हुनुपर्दछ । प्रजातन्त्र मर्यादित, व्यवहारिक र आधुनिक । राज्यमा भएका जनताले जबसम्म गाँस, बास र कपासको सुविधा पाएको हुँदैन, तबसम्म प्रजातन्त्र आएको हुँदैन । प्रजातन्त्रमा सम्पत्ति र स्वामित्वको अधिकार निश्चित हुन्छ । जातीय छुवाछूत र सामाजिक अवहेलनाका कुराहरू अन्त्य हुन्छन् । कानुनी मर्यादाभित्र रहेर जनताले समान रूपमा बाच्न पाउनुपर्दछ । त्यो प्रजातन्त्र हुन्छ ।
अर्को पक्ष हो नेपालको अस्तित्व खतरामा छ । जनताहरू अवहेलित छन् । सरकार निरंकुस छ । निरंकुस शासनको अन्त्य गरेर जनताको प्रजातान्त्रिक सरकार स्थापना गर्न सकिएन भने नेपाली नागरिकको अवस्था राज्यविहीन हुन्छ । कारण २०६३ बाट अधिनायक सामन्तवादको उदय भएको छ । संघीयताको माध्यमबाट राज्यलाई विण्डन गरिँदै छ । धर्म निरपेक्षताको घोषणाले समाज बिखण्डन गर्ने काम गरिरहिएको छ । नेताहरू भ्रष्ट छन् । नेताहरूकै अकर्मन्यताको कारण राज्य अस्थिरतामा फसेको छ । राष्ट्रिय एकता बिना संरक्षणका आधारहरू असम्भव छन् ।
जब संवैधानिक प्रजातन्त्रको स्थापना हुन्छ, मानव भावनाहरू एकत्रित हुन्छन् । कानुनको विशिष्टतामा कार्यान्वयनका पक्षहरू मर्यादित हँुदा स्वामित्वको अधिकारले जनताहरूको भावनामा राष्ट्रियताको महत्व जागृत गराउँदछ । स्वाधिनता, समानता, स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र एकताको महत्व राज्य संमृद्ध हुन्छ । संस्थागत राष्ट्र प्रमुख, राष्ट्रिय सुरक्षा, प्रादेशिक संरचना, निर्वाचित सरकार, स्वतन्त्र न्यायालय, मर्यादित अभिव्यक्ति, वैचारिक प्रतिस्पर्धा र बौद्धिक राष्ट्रियसभा राज्य अस्तित्वका वैज्ञानिक आधार हुन्छन् । अर्थात् संवैधानिक प्रजातन्त्रको लागि संवैधानिक शासन, निर्वाचित सरकार, स्वतन्त्र न्यायालय र मर्यादित अभिव्यक्ति जस्ता विशेषता हुन आवश्यक छ ।
राष्ट्रिय प्रभावबारे पनि बिशेष चासो राख्नुभएको छ तपाईले । नेपालको सामरिक महत्व विशिष्टको छ । प्राकृतिक अस्तित्वहरू महत्वका छन् । साँस्कृतिक सभ्यता महत्वको छ । सीमालाई भारत र चीन जस्ता बिशाल देशका भुमीले छेकेको छ । आकाशीय दुरीको हिसाबले युरोप र अमेरिकीहरूसमेत नजिक छन् । वर्तमान परिस्थितिलाई नियाल्दा नेपालको सामरिकता बराबर दुरीमा छ । आधुनिकताको लागि नेपालको अस्तित्व बिज्ञानको महत्वपूर्ण विन्दुमा उभिएको छ । महत्व स्पष्ट हुन उपलव्धिको सार्थकता अनिवार्य हुन्छ । 

हालै मात्र सम्पन्न भएको स्थानीय निर्वाचन सम्पन्न भएको छ । स्थानीय निकायको निर्वाचनको सवालमा तपाईको धारणा के हो ?
हामी प्रजातन्त्रवादी हौ। प्रजातन्त्रवादीले जनमतको सम्मान गर्न आवस्यक छ र गर्नु पनि पर्दछ । हाम्रो भनाई त्यति मात्र हो, नेपालको राष्ट्रि«य अस्तित्व खतरामा छ । संविधानका धाराहरू विभेदित छन् । न्यायालय पक्षपातपूर्ण छ । जनताहरू अपहेलित छांै । सरकार निरंकुस छ । स्थानीय निर्वाचन संघीयता र धर्म निरपेक्षतालाई बैधानिकता दिन स्थानीय निकायको निर्वाचन भएको हो । अन्तर्राष्ट्रिय दवावका कारण धर्म, संस्कृति र धरोहरहरू समाप्त गरिएका छन् । राज्य दिन प्रतिदिन विखण्डनको प्रकृयामा अघि बढेको छ । जबसम्मे सरकार भ्रष्टचारमा लिप्त हुन्छ, राष्ट्रियता खतरामा रहिरहन्छ । नीति, नियम र नेतृत्वको दक्षताले राज्यमा भएका युवाहरूलाई राष्ट्र निर्माणको अभियानमा अगाडि ल्याउन सकियो भने मात्र राज्य सम्मृद्ध हुन्छ ।
अर्को पक्ष हो नेपालीहरू जहाँ बसेका छौं नेपाली हुन्छौं । बसोबास जता भए पनि मानवीय स्वाभिमान नेपाली हुन्छ । स्वामित्वको संरक्षण सम्बन्धित राज्यले गर्दछ । आत्माको संरक्षण नेपालले गर्नुपर्दछ । अर्थात् राज्यमा बस्ने नागरिकहरूको लागि मात्र नभएर विश्वमा रहेका नेपालीहरूको स्वाभिमानको लागि नेपाल भन्ने देश बच्न आवश्यक छ । जानकी, लुम्बिनी, पशुपती जस्ता संस्कृतिको साथै कोशी, काली, गण्डकी र सगरमाथा जस्ता जल सम्पदा साथ धरोहरहरू बाच्न आवश्यक छ । हामीले देशको अस्तित्व संरक्षणका लागि राष्ट्रिय सरकारको निर्माण भनिरहेका छौं । राज्य बचाउन संवैधानिक प्रजातन्त्र र हिन्दु राज्यको स्थापना आवश्यक छ ।

तपाईले यति मुद्दा उठाइदिनुभयो की जुन मुद्दाको बिषय बुझ्न गाह्रो भएको अवस्थामा छ । अब समस्याको समाधान कसरी हुन्छ त ?
नागरिक स्वाभिमानको पक्ष राज्यको महत्वमा मुखरित हुन्छ । प्रजातन्त्रको आशय संविधान, नियम र कानुनहरू जनताको पक्षमा बन्दछन् । स्वाधिनताको संरक्षण गर्ने कार्यले नागरिकहरूको साथ प्राप्त गर्दछ । बिकासका कार्यहरू जनसहभागिता र औद्योगिक साझेदारको माध्यमले सफल बनाउँदछ । प्रविधिको भण्डार राज्यका गरिव जनताहरूले संकलन गरेका छन् । अस्तित्वका आधारहरू समान हुन्छन् । संवैधानिकताको विशिष्टता धयचमि अयलकतष्तगतष्यलब िाभमभचबतष्यल को स्थापनाले स्थापित गर्दछ । प्रजातन्त्र र समाजवाद जस्ता विषयको व्याख्या विश्वका विद्धान मस्तिस्कहरूले गर्दछन् । मुद्दा जसले उजागर गरेको छ, नेतृत्व उसैले गर्छ । वर्तमान सरकारले गर्न नसकेका कामहरू जब नेपाल समाजवादी कांगे्रसको सरकार निर्माण हुन्छ, कार्यहरू सम्पन्न हुन्छन् । नेपाल समाजवादी कांगे्रसले अपनाउने राज्य संचालनको आधारले विदेशिएका नेपाली नागरिकहरूलाई स्वदेश फर्कन प्रेरित गर्दछ । हाम्रो उद्देश्य नेपाललाई सम्मृद्ध बनाउने छ । सबै नेपाली जनताहरू मिलेर सम्मृद्ध बनाउनुपर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...