राप्रपाभित्रको विवाद भयो छताछुल्ल

राणाले यसरी गरे थापाको विरोध

Kamal pasupati

काठमाडौं । दुई धु्रवका पार्टी एकता भएको राप्रपा ३ महिना बित्न नपाउँदै पार्टीभित्र तीव्र असन्तुष्टी बढेको छ । जसले पार्टीलाई विभाजनको संगारमै पु¥याइदिएको छ ।

केही सातादेखि राप्रपामा विवाद चुलिँदै आएको थियो । भित्रभित्र सल्किएको पार्टीभित्रको भुसको आगो अहिले सबैले देख्ने गरी बलेको छ । जुन आगोले राप्रपाभित्र डडेलो सल्काउने अवस्था आएको छ ।

केही सातादेखि संविधान संशोधनको पक्ष र विपक्षमा दुई धारमा बाडिएको राप्रपा पछिल्लो समयमा पार्टी अध्यक्ष कमल थापाले केन्द्रिय सदस्यमा आफुखुसी मनोनित गरेको भन्दै राप्रपाभित्र तीव्र असन्तुष्टी बढेको छ ।

अध्यक्ष थापाले एकता महाधिवेसनमा पराजित भएकाहरुलाई पनि बरिष्ठ नेताहरुसँग छलफल नै नगरी मनोनित गरेपछि राप्रपा विभाजन उन्मुख भएको छ । थापाले यसरी विना छलफल केन्द्रिय सदस्य मनोनित गरेपछि बरिष्ठ नेता पशुपति समशेर राणाले विज्ञप्ती जारी गर्दै अध्यक्ष थापाको मनोमानीले पार्टीलाई एकढिक्का बनाएर लैजान नसक्ने बताएका छन् ।

हेर्नुस राणाले जारी गरेको विज्ञप्ती

योसँगै अव पूर्व राप्रपा र राप्रपा नेपालबीचको एकता फेरि टुटफुटमै पुग्ने अवस्था आएको छ । साउन ३ मास्ने भनिएको केन्द्रिय समितिको बैठकपछि राप्रपाको भविश्य निर्धारण हुने जानकारहरुको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...