३७ जना सांसदहरु एक ढिक्का छन् : राणा

Pasupati samshr rana

काठमाडौं । सरकार साझेदार दलहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विश्वास नगरी रहेका बेला यसका बरिष्ठ नेता पशुपति शमशेर राणाले संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावको पक्षमा एक ढिक्का भएर मत हाल्ने दावी गरेका छन् ।

उनले राप्रपाका संविधान संशोधनको पक्षमा सबै सांसद तयार रहेको स्पष्ट पारे । उनले पार्टीका ३७ जना सांसदहरुले एक ढिक्का भएर प्रस्तावको पक्षमा मत हाल्ने बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा राणाले भने, ‘सांसद गायब छैनन्, हामी सबै सांसदहरुलाई कन्भिन्स गर्छौं, उहाँहरुले प्रस्तावको पक्षमा नै मत हाल्नुहुन्छ ।’

‘हाम्रो पार्टी मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा नै छ, मधेशको समस्या हल गरेर जानुपर्छ’, उनले भने, ‘अहिले सदनमा रहेको संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेको छ ।’

तर, राप्रपाका १० जना भन्दा बढी सांसद संविधान संशोधनको विपक्षमा छन् । जसका कारण सत्ता साझेदार दलहरुले राप्रपालाई विश्वास गर्न सकेका छैनन् । त्यही कारण पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न सकिरहेका छैनन् ।

राप्रपा बिना नै सुक्रबारसम्म मन्त्रीपरषद् विस्तारको तयारी भइरहेका बेला बरिष्ठ नेता राणाले राप्रपालाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

नेता राणाले आफ्नो पार्टी सरकारमा सहभागी हुने निश्चित भइसकेको दावी गरेका छन् । तर, प्रधानमन्त्री देउवा र माओवादी केन्द्रले भने राप्रपालाई तत्काल सरकारमा नल्याउने बताइरहेका छन् । यस्तो अवस्थामा पनि राणाले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने दावी गरेका हुन् ।

राणाले भने, ‘राप्रपा चाडै सरकारमा सहभागी हुन्छ, सरकारमा जानेबारे सहमति भइसकेकाले अब कसैले पनि रोक्न सक्दैन् ।’ जबराले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग आफू र पार्टी अध्यक्षले यसअघि नै छलफल गरिसकेको समेत बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...