निर्वाचन खर्चिलो बन्दा हार : माओवादी

Mao

काठमाडौं । निर्वाचन प्रणाली खर्चिलो बनेका कारण पार्टीले हार वेहोरेको नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको लाजिम्पाटमा मंगलबार बसेको हेडक्वार्टर बैठकमा पछिल्ला चुनाव खर्चिलो बन्दै गएका कारण पार्टीले खर्च गर्न नसक्दा हार बेहोर्न बाध्य भएको निष्कर्ष निकालेको हो ।

सो बैठकले निर्वाचन खर्चिलो बन्दै गएकाले सामान्य नेता तथा कार्यकर्ताले निर्वाचनमा सहभागी हुन सक्ने अवस्था नभएको निष्कर्ष समेत निकालेको छ । उम्मेदवार छनौटदेखि प्रचार प्रसारको कामसमेत प्रभावकारी बन्न नसकेको र पार्टीका नेता तथा कार्यकर्ता जुन रुपमा परिचालित हुनुपर्ने हो त्यसो हुन नसकेको निष्कर्षमा माओवादी पुगेको छ । उसले सरकारको नेतृत्वमा रहँदा भए गरेका कामको प्रभावकारी प्रचार प्रसार हुन नसकेको जस्ता समीक्षा समेत गरेको छ ।

सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको सशक्त उपस्थितिका लागि प्रभावकारी रुपमा परिचालन हुनुपर्ने तथा मतदाता नामावली छुटेका सबैलाई पार्टीको स्थानीय नेतृत्व परिचालन गरेरै भए पनि नाम दर्ताका लागि परिचालन गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

केन्द्रले आन्तरिक तथा बाह्य दुवै कारणले स्थानीय तहको निर्वाचनमा सोचे जति परिणाम आउन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । कुल ६ वटा प्रदेशको स्थानीय तहको निर्वाचन सकिएको र २ नं प्रदेशको निर्वाचन बाँकी रहेको सन्दर्भमा पार्टी पंतिलाई थप प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने ठहर गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...