संविधान संशोधन प्रस्ताव थप अन्योलमा

दुई तिहाइ नपुग्दासम्म संशोधन थाती राखिने

Baluwatar 3 dal baithak

काठमाडौं । मधेशवादी दलहरुले संविधान संशोधनको माग गरिरहृेका बेला तीन ठूला दलले संशोधनको प्रस्तावलाई थाती राख्ने भएका छन् । तीन ठूला दलले संविधान संशोधनका लागि दुईतिहाई पुग्न नसक्ने अवस्था आएमा सो प्रस्तावलाई नै थाती राख्ने सहमति गरेका हुन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तिन दलको बैठकमा संविधान संधोधनमा सहमति जुट्न सकेको थिएन । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संशोधन प्रक्रियालाई सहयोग गर्न अपिल गरेका थिए । ओलीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।

ओलीले संशोधनमा अस्वीकार गरे पनि सो बैठकमा तत्काल दुई तिर्हा पुग्ने अवस्था नआए त्यसलाई थाती राखेर अघि बढ्ने सहमति भने गरेका छन् ।
सो बैठकमा एमालेले सबै तहको निर्वाचन मंसिरभित्र सकेर मात्र संविधान संशोधन विधेयक अघि बढाउन प्रस्ताव गरेको थियो ।

सरकारले दुई तिहाई पु¥याएर संशोधन प्रक्रिया अघि बढाउन खोजे पनि तत्काल दुईतिहाई पुग्ने अवस्था छैन । सरकारले राप्रपालाई सरकारमा ल्याएर दुईतिहाई पु¥याउने कसरत गरेको भए पनि राप्रपाको एउटा खेमा खेमा संविधान संशोधनको विपक्षमा उभिएपछि सरकार पछि हटेको बताइन्छ ।

प्रतिकृया दिनुहोस