दोस्रो चरणको निर्वाचनमा सन्तुष्ट छौं : एमाले

Uml bijay

काठमाडौं । दोस्रो चरणको निर्वाचनमा पार्टीले पाएको सफलतामा नेकपा एमालेले सन्तोष व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सम्पन्न स्थायी कमिटी बैठकले १४ असारमा भएको निर्वाचनमा अनेकौँ प्रतिकूलता भए पनि पार्टी पहिलो शक्तिका रुपमा स्थापित हुन सकेकामा सन्तोष व्यक्त गरेको हो ।

पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा एमालेले निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशका पार्टीका सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको उल्लेख गरिएको छ ।

सो बैठकले सम्बन्धित जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुखको नाम १५ दिनभित्र पार्टी केन्द्रमा सिफारिस गरी पठाउन प्रदेश सङ्गठन कमिटीलाई निर्देशित गरेको छ ।

आगामी असोज २ गतेका लागि तय गरिएको प्रदेश नं २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न निर्वाचनको तयारीमा व्यवस्थित ढङ्गले लाग्न मातहत कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस