धरानमा बल्ल खोल्यो माओवादीले खाता

Dharan 17

धरान । धरान उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा माओवादीले खाता खोजेको छ । उसले धरान उपमहानगरपालिका वडा नं. १७ मा प्यानल जितेको छ ।

धरान १७ मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुर्यबहादुर भट्टराई (मनोज) १ हजार ८ सय ९९ मत ल्याएर माओवादीलाई जित दिलाए । उनका निकटतम प्रतिद्धन्दी पूर्णप्रसाद राईले १ हजार ३ सय ९५ मत मात्र ल्याए ।

माओवादी केन्द्रको प्यानलबाट महिला सदस्यमा मिना लावती, दलित महिला सदस्यमा फुलमाया परियार, वडा सदस्यद्धय युवराज विष्ट र सुवास दर्जी विजयी भएका छन् । वडा १७ एमालेबाट मेयरका उम्मेदवार तारा सुब्बाको वडा पनि हो ।

गणना सकिएको वडाहरु मध्ये १, २, ५, १४ र १८ गरी ५ वडामा कांग्रेसले जितेको छ भने ३, ४, ६, ७, ८, ९, १०, १२, १३, १९ र २० वडामा एमाले विजयी भएको छ । गणना जारी रहेको बाँकी ३ वडामा पनि एमालेको अग्रता छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...