धरानमा एमालेको फराकिलो अग्रता

राईलाई ३१ सयले पछि पारे सुब्बाले

Dharan 25

धरान । पछिल्लो समय मत गणनामा विवादमा फसेको धरान उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । धरानमा मेयर र उपमेयरमै एमालेका उम्मेद्वारले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार तारा सुब्बाले १४ हजार ७ सय २० मत ल्याएका छन् । सुब्बाले नेपाली कांग्रेस उम्मेद्वार तिलक राईलाई ३ हजार १ सय मतले पछि पारेका छन् । राईले ११ हजार ६ सय २० मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै उम्मेदवारले अग्रता कायम गरेकी छन् । एमालेकी मञ्जु भण्डारी सुवेदीले कांग्रेसकी उम्मेदवार श्यामा रेग्मी भन्दा ४ हजार २ सय ५ मतले अग्रता लिएकी छन् । भण्डारीले १४ हजार ९ सय ६४ मत ल्याउँदा रेग्मीले १० हजार ७ सय ५३ मत ल्याएकी छन् ।

यता मेयरमा माओवादी धेरै पछाडि परेको छ । माओवादीका माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ६ हजार ८ सय ९४ मत पाएका छन् भने उपमेयरमा माओवादी समाजवादी गठबन्धनका पारस राईले ३ हजार ८ मत मात्र पाएका छन् ।

वडा नं ९ र १० को नतिजा घोषणा गर्ने बेला मत जोड्दा फरक परेपछि धरानमा केही दिन मतगणना रोकिएको थियो ।

आइतबार साँझसम्मको मतपरिणाम अनुसार कांग्रेसले १, २, ५ र १४ मा प्यानल जितेको छ भने एमालेले ३, ४, ६, ७, ८, १२, १३ र २० वडामा प्यानल जित हात पारेको छ ।

हालसम्म माओवादी केन्द्र, संघीय समाजवादी फोरम गठबन्धनले भने कुनै पनि वडामा जित्न सकेको छैन । गणना भइरहेको ९ वटा वडामध्ये १८ मात्र कांग्रेसको प्यानल र १७ मा वडाअध्यक्षमा माओवादीको बाहेक अन्य वडामा पनि एमाले उम्मेदवारकै अग्रता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...