राजपालाई नयाँ निर्वाचन चिन्ह नदिइने

निर्वाचन आयोग भन्छ, हामीले मतपत्र पहिल्यै छापिसक्यौं

Rajapa 1

काठमाडौं । विभिन्न ६ वटा मधेश केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाललाई बारम्बार निर्वाचन आयोगले अंकुस लगाइरहेको छ । यसैक्रममा फेरि अर्काे अंकुस लगाएको छ ।

दुई चरणको निर्वाचन गरेपछि तेस्रो चरणको निर्वाचनमा भाग लिने इच्छा जनाएको राजपा नेपालले चुनाव चिन्ह छाता’ पाए निर्वाचनमा भाग लिने बताउँदै आएको छ । सरकारले पनि निर्वाचनमा आउने भए चुनाव चिन्ह दिने सकिने बताइसकेको छ । तर, निर्वाचन आयोगले भने राजपालाई नयाँ निर्वाचन चिन्ह दिन नसकिने अडान लिएको छ ।

यदी आयोगले राजपालाई नयाँ चुनाव चिन्ह नदिए पूरानै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनुपर्ने बाध्यता हुनसक्छ । तर, राजपाले पहिले नै चुनाव चिन्ह नपाए निर्वाचनमा भाग नलिने घोषणा गरिसको छ ।

निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ दललाई नयाँ चिह्न दिन नसकिने स्पष्ट पारेको छ । आयोगको भनाईमा निर्वाचनको मिति घोषणा हुनअघि नै चुनाव चिन्ह पाइसक्नुपर्ने प्रावधान भएकाले यो पटक राजपालाई नयाँ चुनाव चिन्ह दिन सकिँदैन ।

संविधानको धारा २६९ र २७१ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र स्थानीय तह निर्वाचन ऐन, २०७३ का आधारमा दलीय निर्वाचन चिह्न प्राप्त गर्न सक्ने प्रावधान रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । राजपा गठन हुनु पहिले राष्ट्रिय दलका रुपमा मान्यता पाएका छ दलमध्ये कुनै एक दलको निर्वाचन चिह्न लिएर निर्वाचनमा जाने बाटो भने कानुनले खुला गरेको छ ।

मधेस केन्द्रित राजनीति गर्दै आएका छ दलबीच गत वैशाख ७ मा एकीकृत भएको राजपाले गत शुक्रबार नयाँ दलका रुपमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...